चैत्र ७, २०८२ शनिबार | १८:३२:१५
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

पिएनजीविरुद्ध नामिबियाको सहज जित

पोर्ट मोरेस्बी । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नामिबियाले पपुवा न्यू गिनी (पिएनजी) लाई एक सय ६७ रनले पराजित गरेको छ ।

मंगलबार पिएनजीस्थित एमिनी पार्कमा नामिबियाले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याएको घरेलु टिमले ४२.४ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रनमात्र बनाउन सक्यो ।

पिएनजीका नोर्मन मानुआले सर्वाधिक ३८ रन बनाए । यस्तै, कप्तान चार्ल्स एमिनीले २७, हिरी हिरीले १३ र चाड सोपेरले १० रन बनाए ।

पिएनजीलाई सस्तैमा समेट्न नामिबियाका र्बेनार्ड स्कोल्जले सर्वाधिक तीन विकेट लिए । यस्तै, जान फ्राइलिङ्क र जान निकोल इटोनले समान दुई विकेट लिँदा रुवेन ट्रम्पेलम्यान र जेरार्ड इरास्मसले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नामिबियाले मिचेल भान लिगेनको सतकमा चार विकेट गुमाएर निर्धारित ५० ओभरमा दुई सय ८४ रनको योगफल खडा गरेको थियो ।

नामिबियाका लिगेनले सर्वाधिक एक सय १९ रन बनाए । उनले एक सय सात बलमा १३ चौका र तीन छक्का प्रहार गरे । यस्तै, कप्तान इरास्मसले ६८ रन थप्दा लो हान्ड्रे लोरेन्सले २८ रन तथा, इटोन र स्टेफन बार्डले समान २१ रन बनाए ।

पिएनजीका नोर्मान भानुआले तीन विकेट लिँदा सेमो कामेअले एक विकेट लिए ।

जितसँगै २१ खेलबाट २४ अंक जोडेको नामिबिया तालिकाको पाँचौ स्थानमा छ । २३ खेलबाट पाँच अंक जोडेको पिएनजी तालिकाको सातौं स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो