माघ १५, २०८२ बिहीबार | १५:३२:३९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै बिहीबार प्रधानमन्त्री कप ट्वान्टी २० पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा सीमित भयो ।

समूह ‘ए’ मा सुदूरपश्चिम प्रदेश दुई खेलमा एक जित र एक हारको नतिजापछि दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा दुई अंक जोडेको कर्णाली चौथो स्थानमा छ । चार अंकसहित नेपाल पुलिस क्लब दोस्रो र तीन अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।


कर्णालीका लागि कप्तान रविन्द्रले सर्वाधिक ३५ रन बनाए । उनले ४३ बलमा चार चौका प्रहार गरेका थिए । अनुप कुँवरले १३ र हिमान्सु शाहीले आठ रन जोडे ।

सुदुरपश्चिमका शेर मल्लले चार, हेमन्त धामीले दुई तथा विकास अग्री, आदित्य महत र गजेन्द्र बोहराले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको सुदुरपश्चिमले निर्धारित  २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५३ रनको योगफल तयार पारेको थियो ।

सुदुरपश्चिमकालागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । उनले २३ बलमा एक छक्का र चार चौका प्रहार गरे । यस्तै बसन्त कार्कीले २८, दिपक बोहराले २५ र खडक बोहराले २२ रन गरेका थिए ।

कर्णालीका प्रकाश जैसीले तीन, रविन्द्र शाही र दिवान पुनले दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।