चैत्र ९, २०८२ सोमबार | ००:३२:५४
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै बिहीबार प्रधानमन्त्री कप ट्वान्टी २० पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा सीमित भयो ।

समूह ‘ए’ मा सुदूरपश्चिम प्रदेश दुई खेलमा एक जित र एक हारको नतिजापछि दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा दुई अंक जोडेको कर्णाली चौथो स्थानमा छ । चार अंकसहित नेपाल पुलिस क्लब दोस्रो र तीन अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।


कर्णालीका लागि कप्तान रविन्द्रले सर्वाधिक ३५ रन बनाए । उनले ४३ बलमा चार चौका प्रहार गरेका थिए । अनुप कुँवरले १३ र हिमान्सु शाहीले आठ रन जोडे ।

सुदुरपश्चिमका शेर मल्लले चार, हेमन्त धामीले दुई तथा विकास अग्री, आदित्य महत र गजेन्द्र बोहराले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको सुदुरपश्चिमले निर्धारित  २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५३ रनको योगफल तयार पारेको थियो ।

सुदुरपश्चिमकालागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । उनले २३ बलमा एक छक्का र चार चौका प्रहार गरे । यस्तै बसन्त कार्कीले २८, दिपक बोहराले २५ र खडक बोहराले २२ रन गरेका थिए ।

कर्णालीका प्रकाश जैसीले तीन, रविन्द्र शाही र दिवान पुनले दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो