चैत्र ९, २०८२ सोमबार | १२:२६:४९
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

रोहित र सूर्यको अर्धशतकमा मुम्बईको सानदार जित

काठमाडौं । रोहित शर्मा र सूर्यकुमार यादवको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार चेन्नई सुपर किंग्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।

जितसँगै खेलमा आठ अंक जोडेको मुम्बई छैटौं स्थानमा छ । पराजित चेन्नई समान खेलबाट चार अंकका साथ पुछारमा छ ।

वान्खडे रंगशालामा चेन्नईले प्रस्तुत गरेको १७७ रनको लक्ष्य घरेलु टोली मुम्बईले १५.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो।

मुम्बईका लागि रोहितले ४५ बलमा ६ छक्का चार चौकासहित सहित अविजित ७६ रनको योगदान गरे । यसैगरी सूर्यले ३० बलमा ६ चौका र पाँच छक्काको मदत्तले अविजित ६८ र रायन रिकेल्टनले २४ रन बनाए ।

रोहितले दोस्रो विकेटका लागि सूर्यसँग अविजित ११४ र पहिलो विकेटका लागि रायनसँग ६३ रनको साझेदारी गरेका थिए ।

चेन्नईका लागि एकमात्र विकेट रविन्द्र जडेजाले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७६ रनको  योगफल तयार पारेकोथियो ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३५ बलमा चार चौका र दुई छक्कासहित अविजित ५३ रनको योगदान गरे । यसैगरी शिवम दुबेले ३२ बलमा चार छक्का र दुई चौकाको मद्दतले ५०, आयुष म्हात्रे ३२ र शेख रशिद १९ रन बनाए ।

चौथो विकेटका लागि रविन्द्र र शिवमबीच ७९ रनको साझेदारी भएको थियो ।

मुम्बईका लागि जसप्रीत बुमराहले दुई तथा अश्विनी कुमार, दीपक चहर र मिचेल स्यान्टनरले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो