माघ १७, २०८२ शनिबार | २३:५९:५०
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्विप’ गरेको छ । बुधबार अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भारतले १४२ रनको फराकिलो जित दर्ता गर्यो ।

यससँगै भारतले शृंखलाका ३-० ले आफ्नो पक्षमा पार्यो । अघिल्ला दुवै खेलमा भारत चार विकेटले विजयी भएको थियो ।

भारते प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३४.२ ओभरम सबै विकेट गुमाउँदै २१४ रन मात्रै बनाउन सक्यो । इङ्ल्यान्डका गस एट्किन्सल र टम बेन्टनले समान ३८, बेन डुकेटले ३४, जो रुटले २४, फिल साल्टले २३ र ह्यारी ब्रुकले १९ रन बनाए ।

पहिलो विकेटका लागि बेन र फिलले ६० रनको साझेदारी गरे ।

भारतका लागि अर्शदीप सिंह, हर्षीत राना, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान दुई तथा वासिङ्टन सुन्दर र कुलदीप यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३५६ रनको योगफल तयार पारेको थियो । भारतका लागि शुभमन गिलले १०२ बलमा १४ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११२ रनको योगदान गरे ।

यसैगरी श्रेयस अय्यरले ६४ बलमा आठ चौका र दुई छक्काको मद्दतले ७८, विराट कोहलीले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले ५०, केएल राहुलले ४०, हार्दिक पाण्ड्याले १७, वासिङटन सुन्दरले १४ तथा अक्षर पटेल र हर्षीत रानाले समान १३ रन बनाए ।

शुभमन गिलले दोस्रो विकेटका लागि विराटसँग ११६ र तेस्रो विकेटका लागि श्रेयससँग १०६ रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि आदिल रासिदले चार, मार्क उडले दुई तथा  सकिब महम्मद, गस एट्किन्सन र जो रुटले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।