माघ १५, २०८२ बिहीबार | ०३:१०:४०
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने

भीम सार्की, फाइल तस्विर।

काठमाडौं । नेपाली टोली राष्ट्रिय टोलीको अनुभव लिइसकेका भीम सार्की र लोकेश बमले त्रिभुवन विश्वविद्यालयको टोलीबाट जय नेपाल कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका खेल्ने भएका छन् ।

यसैगरी सुदूरपश्चिमबाट राष्ट्रिय प्रतियोगिता खेल्ने खडकबहादुर बोहरालाई पनि टोलीमा समावेश गरिएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) आयोजक रहेको प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टिम सहभागी हुनेछन् ।

प्रतियोगिता सोमबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपालबाट त्रिभुवन , काठमाडौं , मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयले सहभागिता जनाउने छन् । यसैगरी भारतबाट दिल्ली, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

९ दिनसम्म चल्ने प्रतियोगिताको विजेताले १५  र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।

त्रिभुवन विश्वविद्यालयको टोली
भीम सार्की, लोकेश बम, खडकबहादुर बोहरा नवीन पाठक, मुकेश ओझा, सौगात भण्डारी, सुरेन्द्रप्रसाद पन्त, रवि शाह, यशराज बस्नेत, आइस भट्टराई, खगेन्द्र सिंह महरा, अमितकुमार मण्डल, अखलेशकुमार ठाकुर, साइमन राय, सन्तोष बहादुर चन्द


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।