माघ १८, २०८२ आइतबार | ००:१९:०७
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

आर्मीको सानदार सुरुआत

त्रिभुवन आर्मी क्लबको महिला टोली, तस्विरः क्यान ।

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको छ ।

जितसँगै समूह ‘बी’ मा रहेको आर्मी दुई अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा यी दुई टोलीसँगै कोशी प्रदेश र बागमती प्रदेश छन् । पहिलो खेलमा बागमतीलाई १० रनले हराएको कोशीले पनि दुई अंक जोडेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार आर्मीले मधेश प्रदेशविरुद्ध १० विकेटको जित हासिल गर्यो । मधेशले प्रस्तुत गरेको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

आर्मीको जितमा ओपनर सम्झना खड्काले १० बलमा चार चौकासहित अविजित २२ रन जोडिन् । त्यस्तै अञ्जली विश्वकर्मा चार रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मधेशले १५.२ ओभरमा सबै विकेट गुमाएर २५ रनको योगफल तयार पारेको थियो । मधेशका लागि आठौं नम्बरका ब्याटर भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्  । सात खेलाडी खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।

आर्मीका लागि आश्मा पुलामी मगरले १.२ ओभरमा चार रन खर्चिएर सर्वाधिक तीन विकेट लिइन् । मनिषा चौधरी र लक्ष्मी साउदले समान दुई खेलाडीलाई पेभिलियनको बाटो देखाए । यसैगरी इश्वरी विष्ट र सिता शाहीको नाममा समान एक विकेट रह्यो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।