चैत्र १४, २०८२ शनिबार | ०३:११:१२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्मीको सानदार सुरुआत

त्रिभुवन आर्मी क्लबको महिला टोली, तस्विरः क्यान ।

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको छ ।

जितसँगै समूह ‘बी’ मा रहेको आर्मी दुई अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा यी दुई टोलीसँगै कोशी प्रदेश र बागमती प्रदेश छन् । पहिलो खेलमा बागमतीलाई १० रनले हराएको कोशीले पनि दुई अंक जोडेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार आर्मीले मधेश प्रदेशविरुद्ध १० विकेटको जित हासिल गर्यो । मधेशले प्रस्तुत गरेको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

आर्मीको जितमा ओपनर सम्झना खड्काले १० बलमा चार चौकासहित अविजित २२ रन जोडिन् । त्यस्तै अञ्जली विश्वकर्मा चार रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मधेशले १५.२ ओभरमा सबै विकेट गुमाएर २५ रनको योगफल तयार पारेको थियो । मधेशका लागि आठौं नम्बरका ब्याटर भूमि सिंहले सर्वाधिक १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्  । सात खेलाडी खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।

आर्मीका लागि आश्मा पुलामी मगरले १.२ ओभरमा चार रन खर्चिएर सर्वाधिक तीन विकेट लिइन् । मनिषा चौधरी र लक्ष्मी साउदले समान दुई खेलाडीलाई पेभिलियनको बाटो देखाए । यसैगरी इश्वरी विष्ट र सिता शाहीको नाममा समान एक विकेट रह्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो