चैत्र ९, २०८२ सोमबार | १२:५१:५६
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

लुम्बिनी लगातार दोस्रो खेलमा विजयी

कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेकी रञ्जु श्रेष्ठ, तस्विरः क्यान ।

काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पजतनिकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ७१ रनको सहज जित दर्ता गर्यो ।

जितसँगै लुम्बिनीले चार खेलमा पाँच अंक जोड्दा पराजित कर्णालीको समान खेलबाट एक अंक छ ।

लुम्बिनीले प्रस्तुत गरेको १२७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रनमै समेटियो । कर्णालीका लागि रामा बुढाथोकीले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि सरस्वती पुनले चार तथा मनिषा राना, अशना चौधरी र मधु डिसीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२६ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि रञ्जु श्रेष्ठले ५९ बलमा दुई चौकाको मद्दतले अविजित ५१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका लागि अञ्जु गुरुङले तीन, रामा बुढाथोकीले दुई तथा दिक्षा पुरी र रश्मी खड्काले समान एक विकेट लिए ।

शनिबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध ५९ रनको जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो