माघ १८, २०८२ आइतबार | १०:३४:५०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल

बागमतीविरुद्ध शतक प्रहार गरेका मायन यादव, तस्विरः क्यान।

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा मधेश र बामगती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।

जनकपुरस्थित रामजानकी मैदानमा सोमबार मधेशले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोड्यो ।

बागमतीका लागि रित गौतमले २५, शुभ कशांकारले २३, आशुतोष घिरैयाले १७ तथा प्रतिस जिसी १६ रन बनाए ।

मधेशका लागि कप्तान हरिशंकर शाहले तीन तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान एक विकेट लिए ।

मायन यादवको शतकप्रेरित मधेशले दोस्रो इनिङमा २११ रन बनाएको । मधेशका कप्तान हरिशंकर शाहले २११-९ को स्थितीमा इनिङ समाप्तीको घोषणा गरेका थिए ।

मधेशका लागि मयनले सर्वाधिक १०८ बलमा १२ चौका र दुई छक्काको मद्दतले १०६ रनको योगदान दिएका थिए । मयनले जय ट्रफीको इतिहासमा नै पहिलो शतक बनाएका हुन्।

यसैगरी अभिषेक तिवारीले १९, निरज यादवले १७ तथा विशाल पटेल र रुपेश सिंह समान १४ रनको योगदान गरे ।

विकेटको खुसीयाली मनाउँदै बागमतीका खेलाडी, तस्विरः क्यान । 

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । पहिलो इनिङमा समेत पाँच विकेट हात पारेका सन्दीप एकै खेलमा १० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसैगरी सूर्य तामाङले दुई तथा नन्दन यादव र रिजन ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेश पहिलो इनिङमा १०२ रनमै समेटिएको थियो । १५० रन बनाएपछि बागमतीले ४८ रनको सामान्य अग्रता लिएको थियो ।

खेल बराबरीमा सकिए पनि पहिलो इनिङ्समा अग्रता लिएका कारण बागमतीले नियमित सात तथा बोनसको १५ गरि २२ अंक पाएको छ । यसैगरी पहिलो इनिङ्समा पछि परेका कारण मधेशले तीन तथा बोनसको १४ गरि १७ अंक जोडेको छ ।

आफ्नो दोस्रो खेलमा बुधबार बागमतीले आर्मी र मधेशले पुलिसको सामना गर्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।