चैत्र १६, २०८२ सोमबार | २०:२३:१८
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल

बागमतीविरुद्ध शतक प्रहार गरेका मायन यादव, तस्विरः क्यान।

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा मधेश र बामगती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।

जनकपुरस्थित रामजानकी मैदानमा सोमबार मधेशले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोड्यो ।

बागमतीका लागि रित गौतमले २५, शुभ कशांकारले २३, आशुतोष घिरैयाले १७ तथा प्रतिस जिसी १६ रन बनाए ।

मधेशका लागि कप्तान हरिशंकर शाहले तीन तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान एक विकेट लिए ।

मायन यादवको शतकप्रेरित मधेशले दोस्रो इनिङमा २११ रन बनाएको । मधेशका कप्तान हरिशंकर शाहले २११-९ को स्थितीमा इनिङ समाप्तीको घोषणा गरेका थिए ।

मधेशका लागि मयनले सर्वाधिक १०८ बलमा १२ चौका र दुई छक्काको मद्दतले १०६ रनको योगदान दिएका थिए । मयनले जय ट्रफीको इतिहासमा नै पहिलो शतक बनाएका हुन्।

यसैगरी अभिषेक तिवारीले १९, निरज यादवले १७ तथा विशाल पटेल र रुपेश सिंह समान १४ रनको योगदान गरे ।

विकेटको खुसीयाली मनाउँदै बागमतीका खेलाडी, तस्विरः क्यान । 

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । पहिलो इनिङमा समेत पाँच विकेट हात पारेका सन्दीप एकै खेलमा १० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसैगरी सूर्य तामाङले दुई तथा नन्दन यादव र रिजन ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेश पहिलो इनिङमा १०२ रनमै समेटिएको थियो । १५० रन बनाएपछि बागमतीले ४८ रनको सामान्य अग्रता लिएको थियो ।

खेल बराबरीमा सकिए पनि पहिलो इनिङ्समा अग्रता लिएका कारण बागमतीले नियमित सात तथा बोनसको १५ गरि २२ अंक पाएको छ । यसैगरी पहिलो इनिङ्समा पछि परेका कारण मधेशले तीन तथा बोनसको १४ गरि १७ अंक जोडेको छ ।

आफ्नो दोस्रो खेलमा बुधबार बागमतीले आर्मी र मधेशले पुलिसको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो