पुस २०, २०८२ सोमबार | ०८:५२:४७
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

क्यानलाई कारवाही बारे पुर्नविचार गर्न ज्ञानेन्द्रसहित चार खेलाडीको माग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफूसहित अन्य तीन खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीमा पुर्नविचार गर्न माग गरेका छन् । 

क्यानले नौं महिना ढिलो गरी गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान र उपकप्तानसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो । कारवाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । साथै कारबाहीमा परेका खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगर्ने उल्लेख गरिएको थियो ।

‘हामीले सबै खेलाडीलाई वार्षिक वर्गीकरणमा समावेश गरियोस् भनेर जायज माग राख्दा गुटबन्दी गरिएको, अनुशासन बाहिर गएको लगायतका आरोप लगाउँदै कारबाही गरियो’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भने, ‘हामी चाहन्छौं  संवादबाटै यस समस्याको निकास निस्कियोस र हामीमाथि गरिएको कारबाहीबारे पुर्नविचार गरियोस् ।’
ज्ञानेन्द्रले वर्गिकरणमा चित्त नबुझेको बारेमा आफूहरुले क्यानमा जानकारी गराएको र क्यानका केही पदाधिकारीहरुले इमेल मार्फत खेलाडीको वार्षिक वर्गीकरणको मापदण्डबारे जानकारी गराउने आश्वसन दिए पनि सोअनुरुप नगरिएको आरोप लगाए ।

‘मैले कप्तानको रुपमा टोलीको नेतृत्व लिएको हुँ’, ज्ञानेन्द्रले भने, ‘हामीले जायज माग राख्दै ज्ञापन पत्र बुझाएका हौं । मैले कसैलाई जबरजस्ती ज्ञापनपत्रमा हस्ताक्षर गर्न लगाएको होइन । हामी सबैको सल्लाहमा असन्तुष्टि व्यक्त गरेका हौं  ।’

शुक्रबार बिहान मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार खेलाडीमाथिको कारबाहीबारे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटका क्रममा पनि चासो व्यक्त गरेका थिए । लगत्तै प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गर्दै छिटो समाधान निकाल्न निर्देशन दिएका थिए । 

तपाईहरुमाथि गरिएको कारबाहीमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताले चासो राख्नु भइसक्यो, यो घटनाले राजनीतिक रुप लिएको हो भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ भन्ने प्रतिक्रिया दिए । 
 

क्यानले डिसेम्बर २१ बाट पोखरामा राष्टिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुने जनाइसकेको छ । यही अवस्थामा बन्द प्रशिक्षणमा सहभागी हुनुहुन्छ की हुँदैन भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, हामी छिटोभन्दा छिटो यस विषयमा निकास निस्कियोस् भन्ने चाहन्छाै‌ । '

खेलाडीमाथि गरिएको कारबाहीमा क्यान बोर्डका ६ सदस्यले नोट अफ डिसेन्ट पनि लेखेका थिए ।  

त्यस्तै करण केसी, विनोद भण्डारी, कुशल भुर्तेल, रोहितकुमार पौडेल र अविनाश बोहोरालगायत खेलाडीले सामाजिक संजालमा सहकर्मीमाथि गरिएको कारबाहीप्रति असन्तुष्टी जनाएका थिए ।

 

 

 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA