चैत्र ५, २०८२ बिहीबार | ०८:४९:१०
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

क्यानलाई कारवाही बारे पुर्नविचार गर्न ज्ञानेन्द्रसहित चार खेलाडीको माग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफूसहित अन्य तीन खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीमा पुर्नविचार गर्न माग गरेका छन् । 

क्यानले नौं महिना ढिलो गरी गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान र उपकप्तानसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो । कारवाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । साथै कारबाहीमा परेका खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगर्ने उल्लेख गरिएको थियो ।

‘हामीले सबै खेलाडीलाई वार्षिक वर्गीकरणमा समावेश गरियोस् भनेर जायज माग राख्दा गुटबन्दी गरिएको, अनुशासन बाहिर गएको लगायतका आरोप लगाउँदै कारबाही गरियो’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भने, ‘हामी चाहन्छौं  संवादबाटै यस समस्याको निकास निस्कियोस र हामीमाथि गरिएको कारबाहीबारे पुर्नविचार गरियोस् ।’
ज्ञानेन्द्रले वर्गिकरणमा चित्त नबुझेको बारेमा आफूहरुले क्यानमा जानकारी गराएको र क्यानका केही पदाधिकारीहरुले इमेल मार्फत खेलाडीको वार्षिक वर्गीकरणको मापदण्डबारे जानकारी गराउने आश्वसन दिए पनि सोअनुरुप नगरिएको आरोप लगाए ।

‘मैले कप्तानको रुपमा टोलीको नेतृत्व लिएको हुँ’, ज्ञानेन्द्रले भने, ‘हामीले जायज माग राख्दै ज्ञापन पत्र बुझाएका हौं । मैले कसैलाई जबरजस्ती ज्ञापनपत्रमा हस्ताक्षर गर्न लगाएको होइन । हामी सबैको सल्लाहमा असन्तुष्टि व्यक्त गरेका हौं  ।’

शुक्रबार बिहान मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार खेलाडीमाथिको कारबाहीबारे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटका क्रममा पनि चासो व्यक्त गरेका थिए । लगत्तै प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गर्दै छिटो समाधान निकाल्न निर्देशन दिएका थिए । 

तपाईहरुमाथि गरिएको कारबाहीमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताले चासो राख्नु भइसक्यो, यो घटनाले राजनीतिक रुप लिएको हो भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ भन्ने प्रतिक्रिया दिए । 
 

क्यानले डिसेम्बर २१ बाट पोखरामा राष्टिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुने जनाइसकेको छ । यही अवस्थामा बन्द प्रशिक्षणमा सहभागी हुनुहुन्छ की हुँदैन भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, हामी छिटोभन्दा छिटो यस विषयमा निकास निस्कियोस् भन्ने चाहन्छाै‌ । '

खेलाडीमाथि गरिएको कारबाहीमा क्यान बोर्डका ६ सदस्यले नोट अफ डिसेन्ट पनि लेखेका थिए ।  

त्यस्तै करण केसी, विनोद भण्डारी, कुशल भुर्तेल, रोहितकुमार पौडेल र अविनाश बोहोरालगायत खेलाडीले सामाजिक संजालमा सहकर्मीमाथि गरिएको कारबाहीप्रति असन्तुष्टी जनाएका थिए ।

 

 

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं