चैत्र १४, २०८२ शनिबार | ०४:३७:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सिइसी र मिक्समान्डु क्वार्टरफाइनलमा

काठमाडौं । सिइसी र मिक्समाण्डु तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टी १० प्रतियोगिताको क्वार्टरफाइालमा प्रवेश गरेका छन् ।

समुह ‘ए’ अन्तर्गतको खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले (सिइसी) चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्यो । सिइसीले प्रस्तुत गरेको ८७ रनको लक्ष्य पछ्याएको चक्रवतीे ३६ रनमै समेटियो । सिइसीका राज बमले तीन विकेट लिनुकाको साथै १४ रन पनि बनाए ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सिइसीले हसनटार युथ क्लबलाई ४८ रनले हरायो । सिइसीले प्रस्तुत गरेको ९४ रनको लक्ष्य पछ्याएको क्रममा हसनटारले ४५ रन मात्र बनाउन सक्यो । सिइसीका लागि राज बमले ४० रन बनाए ।

समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा आयोजक तारकेश्वर युवा क्लबले हसनटारलाई ११ रनले पराजित गर्यो ।

यता समुह ‘डी’ मा मिक्समान्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्यो । मिक्समान्डुले प्रस्तस्तुत गरेको ५३ रनको लक्ष्य पछ्याएको थानकोट ३७ रनमै समेटियो मिक्समान्डुका नवीन यादवले १४ रन बनाउनुको साथै दुई विकेट पनि लिए ।

यही समूहको अर्को खेलमा थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई सात विकेटले हरायो ।

समुह ‘सी’ अन्तर्गतको खेलमा टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेटले पराजित गर्यो ।

हालसम्म समुह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी), समुह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समुह ‘सी’ बाट टिम बिडीएस, समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत छैठौं दिन बुधबार पनि लिग चरणका ६ खेल हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो