चैत्र ८, २०८२ आइतबार | ०४:४६:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार विराटनगर किङ्सविरुद्ध कर्णालीका ब्याटर विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि बोसिस्टोले ३७ बलमा तीन चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।

बोसिस्टोको अर्धशतकसँगै कर्णालीले १७ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ११५ रन बनाएको छ । बोसिस्टोलाई भर्खरै क्रिजमा आएका जीसन मक्सुदले साथ दिइरहेका छन् ।  

कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा दु्ई विकेट गुमाएर ३२ रन बनाएको थियो । विराटनगरका लागि वसीर अहमदले दुई विकेट लिँदा प्रतिश जिसी र क्रिस सोलले समान एक खेलाडीलाई पेभिलियन फर्काए ।

पहिलो ओभरको दोस्रो तेस्रो बलमै शिखर धवन पेभेलियन फर्किए । मात्र दुई रन जोड्न सकेका उनलाई प्रतिश जिसीले बोल्ड गरे ।

तेस्रो ओभरको दोस्रो बलमा चाडविक बाल्टन व्यक्तिगत एक रनमा क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराए ।

१६औं ओभरको तेस्रो बलमा वसीर अहमदले देवको विकेट लिँदै विराटनगरलाई ब्रेक थ्रु दिलाए । वसीरले आफ्नो अन्तिम ओभरमा देवलाई क्रिस सोलबाट क्याच गराए । देव र बोसिस्टोले तेस्रो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरे । देवको विकेट लगत्तै अर्को बलमै अहमदले गुल्सनलाई डक आउट गरे । त्यसको अर्को ओभरमा अर्जुन घर्ती अकिब इलियासबाट बोल्ड भए ।

चौथो खेल खेलिरहेका दुबै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो