माघ १८, २०८२ आइतबार | १४:४१:२३
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं ।  सेफ जैबको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्ससामू  १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रनको योगफल तयार पार्यो । 

सुदूरपश्चिमका लागि जैबले ९०, कप्तान दीपेन्द्रेसिंह ऐरीले ३९, ब्रेन्डन म्याकमुलनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले अविजित ११ रन जोडे ।

जैबले दोस्रो विकेटका लागि म्याकमुलनसँग ५७ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५३ रनको साझेदारी गरे । लुम्बिनीका लागि रामोन सिमन्ड्सले दुई तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले समान एक विकेट लिए ।

छैटौं ओभरको तेस्रो बलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले विनोद भण्डारीलाई सन्दीप जोराबाट क्याच गराए । १३ बलको सामना गरेका विनोदले दुई चौकाको मद्दतले १७ रन बनाए ।

विवेक यादवले १४औं ओभरको चौथो बलमा लुम्बिनीलाई दोस्रो सफलता दिलाए । उनले २३ रन बनाएर खेलिरहेका ब्रेन्डन म्याकमुलनलाई रामोन सिमन्ड्सबाट क्याच गराए । म्याकमुलले २० बलमा समान एक चौका र छक्का प्रहार गरे ।

रामोन सिमन्ड्सले उत्कृष्ट लयमा रहेका सैफ जैबलाई १८औं ओभरको चौथो बलमा उन्मुक्त चन्दबाट क्याच गराए । जैबले ६१ बलकमा ६ चौका र पाँच चौकाको मद्दतले ९० रन बनाए । लगत्तैको बलमा आरिफ शेख रनको खाता पनि खोल्न नपाइ साद बिन जफरबाट क्याच भए ।

अन्तिम बलमा दीपेन्द्र रन आउटको शिकार बने । १९ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतले ३९ रन बनाए ।   


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।