चैत्र ८, २०८२ आइतबार | १७:११:४५
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं ।  सेफ जैबको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्ससामू  १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रनको योगफल तयार पार्यो । 

सुदूरपश्चिमका लागि जैबले ९०, कप्तान दीपेन्द्रेसिंह ऐरीले ३९, ब्रेन्डन म्याकमुलनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले अविजित ११ रन जोडे ।

जैबले दोस्रो विकेटका लागि म्याकमुलनसँग ५७ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५३ रनको साझेदारी गरे । लुम्बिनीका लागि रामोन सिमन्ड्सले दुई तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले समान एक विकेट लिए ।

छैटौं ओभरको तेस्रो बलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले विनोद भण्डारीलाई सन्दीप जोराबाट क्याच गराए । १३ बलको सामना गरेका विनोदले दुई चौकाको मद्दतले १७ रन बनाए ।

विवेक यादवले १४औं ओभरको चौथो बलमा लुम्बिनीलाई दोस्रो सफलता दिलाए । उनले २३ रन बनाएर खेलिरहेका ब्रेन्डन म्याकमुलनलाई रामोन सिमन्ड्सबाट क्याच गराए । म्याकमुलले २० बलमा समान एक चौका र छक्का प्रहार गरे ।

रामोन सिमन्ड्सले उत्कृष्ट लयमा रहेका सैफ जैबलाई १८औं ओभरको चौथो बलमा उन्मुक्त चन्दबाट क्याच गराए । जैबले ६१ बलकमा ६ चौका र पाँच चौकाको मद्दतले ९० रन बनाए । लगत्तैको बलमा आरिफ शेख रनको खाता पनि खोल्न नपाइ साद बिन जफरबाट क्याच भए ।

अन्तिम बलमा दीपेन्द्र रन आउटको शिकार बने । १९ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतले ३९ रन बनाए ।   


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो