चैत्र ६, २०८२ शुक्रबार | ०३:१८:३४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

कर्णालीको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

शुक्रबार हिल्टन होटलमा कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको टोलीले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गर्यो । जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ ।

टोलीका मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल  जर्सी सार्वजनिक गरे ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो ।

पूर्व मन्त्री खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ‘कर्णाली याक्सलाई प्रतियोगिता सफलताको लागि शुभकामना छ । कर्णाली बासीकोतर्फबाट टोलीलाई जितको शुभकामना ,’ खड्काले भने ।

पूर्व मन्त्री खड्काले क्यानमा पारस खड्का आएसँगै क्यानले सरकार र व्यवसायीलाई मिलाएर क्रिकेटलाई राम्रो गराउन लाग्नु सकारात्मक सन्देश रहेको जनाए ।

हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले  अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

तीन विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेस्ट इन्डिजका चाडविक  वाल्टन, पाकिस्तानका मोहम्मद हुसेन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

प्रतियोगिताकै लागि कर्णालीले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।

क्यान सचिव पारस खड्काले कर्णाली याक्सलाई समर्थन गर्न समर्थक जर्सी धारण गरेर टियु मैदान आउने आशा गरेको बताए । ‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर खेल हेनु हुन्छ भन्ने आशा छ । एनपिएन खेल मात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णाली याक्सको जर्सी निकै गज्जबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नु होला । आधा काठमाडौं अहिले नै कर्णालीमय भईसकेको छ ।’

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कार्मीले एनपिएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताए । ‘आजको दिन एकदम उत्साहित छु । यही दिनको लागि क्रिकेट सुरु गरेका थियौंं, ’ सोमपालले भने, ‘कर्णाली याक्समा ज्ञानेन्द्र दाईसँगै सहकर्मी देव खनाल र गुल्शन झा पाएका छौं । टिमले सोचेको जस्तो राम्रो प्रदर्शन गर्छौ ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो