काठमाडौं । वाइवाई यु १९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेससामु लुम्बिनी प्रदेसले दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँनु अघि दुई सय १२ रनको योगफल तयार गर्यो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रक कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकिय पारी खेले । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।
सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिदाँ नरेन साउद र राहुल भण्डारीले एक/एक विकेट हात पारे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
