काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर मोर्नी मोर्केल भारतीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ)का सचिव जय शाहले मोर्केललाई नियुक्त गरिएकाे जानकारी दिए । उनको सम्झौता सेप्टेम्बर १ देखि लागु हुनेछ ।
मोर्केलले बंगलादेशविरुद्धको शृंखलामार्फत आफ्ना कार्यभार सम्हाल्ने छन्। भारतले घरेलु मैदानमै बंगलादेविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको ट्वान्टी-२० शृखला खेल्दैछ ।
टेस्ट सेप्टेम्बर १९ र ट्वान्टी-२० अक्टोबर ६ देखि सुरु हुनेछ ।
मार्केलले यसअघि पाकिस्तानी टोलीको बलिङ प्रशिक्षण सम्हालेका थिए । तर गत वर्ष सम्पन्न एकदिवसीय विश्वपकमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनले राजिनामा दिएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
