माघ १५, २०८२ बिहीबार | १५:०६:१०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

श्रीलंका र भारतबीचको पहिलो एकदिवसीय ‘टाइ’

काठमाडौं । घरेलु टोली श्रीलंका र भारतबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल ‘टाइ’ भएको छ ।

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा शुक्रबार श्रीलंकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य भारत ४७. ५ ओभरमा २३० रनमै समेटियो ।

कप्तान चरिथ असलंकाले लगातार दुई विकेट लिएपछि श्रीलंका हारबाट जोगियो । उनले ४८औं ओभरको चौथो बलमा शिवम दुबे र पाँचौं बलमा अर्शदीप सिंहलाई पेभेलियनको बाटो देखाए । दुवै एलबिडब्ल्युको धरापमा परेका थिए । 

भारतका लागि कप्तान रोहित शर्माले ४७ बलम सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुबेले २५, विराट कोहलीले २४, श्रेयस अय्यरले २३ र शुभमन गिलले १६ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र शुभमनलले ७५ तथा पाँचौं विकेटका लागि केएल र अक्षरले ५७ रनको साझेदारी गरे । श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरिथ असलंकाले समान तीन, दुनिथ विलालागेले दुई तथा असिथा फर्नान्डो र अकिला धनन्जयले समान एक विकेट लिए ।

त्यसअघि टस जिते ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो ।

श्रीलंकका लागि दुनिथ विलालागेले ६५ बलमा सात चौका र दुई छक्काको मद्दतले खविजित ६७ रनको योगदान गरे ।  यसैगरी पाथुम निसंकाले ७५ बलमा नौ चौकाको मद्दले सर्वाधिक ५६, वानिन्दु हसरंगाले २४, जानिथ लियानगेले २०, अकिला धनन्जयले १७ तथा कुशल मेन्डिस र  चरिथ असलंकाले समान १४ रन बनाए ।

भारतका लागि अर्शदीप सिंह र अक्षर पटेलले समान दुई तथा मोहम्मद सिराज, शिभम दुबे, कुलदीप यादव र वासिङ्टन सुन्दरले समान एक विकेट लिए ।

 शृंखलाको दोस्रो खेल आइतबार हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।