चैत्र ९, २०८२ सोमबार | १५:३७:४३
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

श्रीलंका र भारतबीचको पहिलो एकदिवसीय ‘टाइ’

काठमाडौं । घरेलु टोली श्रीलंका र भारतबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल ‘टाइ’ भएको छ ।

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा शुक्रबार श्रीलंकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य भारत ४७. ५ ओभरमा २३० रनमै समेटियो ।

कप्तान चरिथ असलंकाले लगातार दुई विकेट लिएपछि श्रीलंका हारबाट जोगियो । उनले ४८औं ओभरको चौथो बलमा शिवम दुबे र पाँचौं बलमा अर्शदीप सिंहलाई पेभेलियनको बाटो देखाए । दुवै एलबिडब्ल्युको धरापमा परेका थिए । 

भारतका लागि कप्तान रोहित शर्माले ४७ बलम सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुबेले २५, विराट कोहलीले २४, श्रेयस अय्यरले २३ र शुभमन गिलले १६ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र शुभमनलले ७५ तथा पाँचौं विकेटका लागि केएल र अक्षरले ५७ रनको साझेदारी गरे । श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरिथ असलंकाले समान तीन, दुनिथ विलालागेले दुई तथा असिथा फर्नान्डो र अकिला धनन्जयले समान एक विकेट लिए ।

त्यसअघि टस जिते ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो ।

श्रीलंकका लागि दुनिथ विलालागेले ६५ बलमा सात चौका र दुई छक्काको मद्दतले खविजित ६७ रनको योगदान गरे ।  यसैगरी पाथुम निसंकाले ७५ बलमा नौ चौकाको मद्दले सर्वाधिक ५६, वानिन्दु हसरंगाले २४, जानिथ लियानगेले २०, अकिला धनन्जयले १७ तथा कुशल मेन्डिस र  चरिथ असलंकाले समान १४ रन बनाए ।

भारतका लागि अर्शदीप सिंह र अक्षर पटेलले समान दुई तथा मोहम्मद सिराज, शिभम दुबे, कुलदीप यादव र वासिङ्टन सुन्दरले समान एक विकेट लिए ।

 शृंखलाको दोस्रो खेल आइतबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो