चैत्र ६, २०८२ शुक्रबार | ००:३१:०४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

भ्यानकुभर लगातार चौथो खेलमा पराजित

काठमाडौं । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल ट्वान्टी-२० लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।

भ्यानकुभर सिएए सेन्टमामा बुधबार ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भयो । यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो । 

जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।

भ्यानकुभरले प्रस्तुत गरेको को १५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

ब्राम्पटनका लागि ब्यू वेभस्टरले ३७ बलमा तीन छक्का र दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी निक होब्सनले अविजित ३७, कप्तान डेभिड वार्नरले २५ र जर्ज मुन्सेले २० रन बनाए ।

भ्यानकुभरका लागि ड्वेन प्रिटोरियस, ऋषिभ जोशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। दीपेन्द्रसिंह ऐरी चार ओभरमा १८ रन खर्चिए पनि विकेटविहिन बने ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भ्यानकुभरले निर्धारत २० ओभरमा चार विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

भ्यानकुभरका लागि रिची बेरिङ्टनले अविजित ३८, आसिफ अलीले अविजित ३६, रिजा हेन्ड्रिक्सले २७,  मुनिर अहमदले २१ र कप्तान उस्मान ख्वाजाले १७ रन बनाए  ।

ब्राम्पटनका लागि थोमस डार्काले दुई तथा ब्यू वेभस्टर र एन्ड्रयु टाइले एक विकेट लिए । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो