माघ १५, २०८२ बिहीबार | ११:४६:००
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भ्यानकुभर लगातार चौथो खेलमा पराजित

काठमाडौं । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल ट्वान्टी-२० लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।

भ्यानकुभर सिएए सेन्टमामा बुधबार ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भयो । यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो । 

जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।

भ्यानकुभरले प्रस्तुत गरेको को १५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

ब्राम्पटनका लागि ब्यू वेभस्टरले ३७ बलमा तीन छक्का र दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी निक होब्सनले अविजित ३७, कप्तान डेभिड वार्नरले २५ र जर्ज मुन्सेले २० रन बनाए ।

भ्यानकुभरका लागि ड्वेन प्रिटोरियस, ऋषिभ जोशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। दीपेन्द्रसिंह ऐरी चार ओभरमा १८ रन खर्चिए पनि विकेटविहिन बने ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भ्यानकुभरले निर्धारत २० ओभरमा चार विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

भ्यानकुभरका लागि रिची बेरिङ्टनले अविजित ३८, आसिफ अलीले अविजित ३६, रिजा हेन्ड्रिक्सले २७,  मुनिर अहमदले २१ र कप्तान उस्मान ख्वाजाले १७ रन बनाए  ।

ब्राम्पटनका लागि थोमस डार्काले दुई तथा ब्यू वेभस्टर र एन्ड्रयु टाइले एक विकेट लिए । 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।