काठमाडौं । श्रीलंकन बलर दुस्मथ चमिराले भारतविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने भएका छन् ।
मंगलबार घोषणा गरिएको १६ सदस्यीय टोलीमा चमिरालाई समावेश गरिएको थियो । तर एक दिनपछि नै श्रीलंकन क्रिकेट बोर्डले चोटका कारण चमिरा उपलब्ध नहुने जानकारी दिएको छ ।
उनले क्यान्डी फाल्कन्सकाबाट भर्खरै सम्पन्न लंका प्रिमियर लिग खेलेका थिए । पाँच खेलमा ६ विकेट लिएका चमिराले चोटका कारण लिग गुमाएका थिए ।
श्रीलंकन बोर्डले चमिराको चोटको बारेमा केही जानकारी भने दिएको छैन ।
घरेलु टोली श्रीलंकाले भारतविरुद्ध समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । ट्वान्टी-२० शृंखला जुलाई २७ देखि सुरु हुनेछ ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
