चैत्र ११, २०८२ बुधबार | २२:३९:०८
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

भारतले दियो नेपाललाई १७९ रनको लक्ष्य

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा भारतले नेपालसामू १७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७८ रनको योगफल तयार पार्यो ।

भारतका लागि सफाली बर्माले ४८ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरिन् । यसैगरी दयालन हेमालथाले ४७, जेमिमाह रोड्रिगेजले अविजित २८ र सञ्जीवन सजनाले १० रन बनाए ।

पहिलो विकेटका लागि सफाली र दयालनले १२२ रनको साझेदारी गरे । नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिए ।

नेपाललाई सेमिफाइनल प्रवेशका लागि फराकिलो जित आवश्यक छ । यसअघि युएईलाई ६ विकेटले पराजित गरेको नेपालले पाकिस्तानसँग नौ विकेटको हार ब्यहोरेको थियो ।

यता भारत शतप्रतिशत जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेट र युएईलाई ७८ रनले पराजित गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो