चैत्र १६, २०८२ सोमबार | १९:२४:४९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौं । सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भयो ।  

वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा बंगलादेशले १७ं.५ ओभरमा अल आउट हुँदा मात्र एक सय ५ रन बनाउन सक्यो । बंगलादेशको इनिङ्समा तीन पटक वर्षा भएपछि खेल १९ ओभरमा छोट्टाइएको थियो ।

रसिद खानको कप्तानीमा रहेको अफगानिस्तानले बंगलादेशलाई हराउँदै ऐतिहासिक सेमिफाइनल यात्रा तय गरेको छ । अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो । हालसम्म अफगानिस्तान सुपर ८ बाट माथि बढ्न सकेको थिएन ।

सुपर ८ को समूह १ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् । बंगलादेश र अस्ट्रेलिया सुपर ८ बाट बाहिरिए । समूह २ बाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरे । अब, फाइनल प्रवेशका लागि भारत र इङ्ल्यान्ड तथा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् ।

बंगलादेशको इनिङ्समा ओपनर लिटन दासले ४९ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए । सौम्य सरकारले १० र टोहिद हृदोयले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा बंगलादेश दबाबमा परेको थियो । 

अफगानिस्तानका कप्तान रासिद खान र नविन उल हकले समान चार विकेट लिए । यसैगरी फजलहक फारुकी र गल्बदिन नइबले समान एक विकेट हात पारे । 

अफगानिस्तानका ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे । पहिलो विकेटको लागि दुई खेलाडीबीच ५९ रनको साझेदारी भएको थियो । रासिद खानले अविजित १९ रन जोडे । अफगानिस्तानको मध्यक्रम भने चल्न सकेन ।

बंगलादेशका तिव्रगितका बलर रिसाद हुसैनले सर्वाधिक तीन विकेट लिए । यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानकाे नाममा एक विकेट रह्याे।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो