चैत्र १२, २०८२ बिहीबार | २१:४०:४०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भारतविरुद्ध जित्नै पर्ने दबाबमा अस्ट्रेलिया

फाइल तस्विर

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-८ मा भारतको सामना गर्दा सेमिफाइनल सम्भावना कायम राख्न अस्ट्रेलियालाई जित्नै पर्ने दबाबमा छ ।

खेल सेन्ट लुसियास्थित डारेन शामी क्रिकेट मैदानमा नेपाली समय अनुसार आज बेलुका ८ः१५ मा सुरु हुनेछ ।

सुपर-८ को ग्रुप १ मा भारत दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । समान दुई अंकका साथ अस्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  बंगलादेश अंकविहिन रहँदै पुछारमा छ ।

भारतसँग हार्दा अस्ट्रेलिया सुपर-८ बाट नै बाहिरिने सम्भावना उच्च छ । किनभने भारत र अफगानिस्तानले अन्तिम खेल जितेको खण्डमा अस्ट्रेलिया बाहिरिने छ ।

सेमिफाइनलमा पुग्न भारतलाई जित वा झिनो अन्तरको हार पर्याप्त हुनेछ । उता अफगानिस्तानलाई सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले हार्दा बंगलादेशविरुद्ध जित निकाले पुग्नेछ । तर अस्ट्रेलियाले जितेको खण्डमा अफगानिस्तान सेमिफाइनलमा पुग्न विशाल जित  निकाल्नु पर्छ ।

भारतसँग हारेको खण्डमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले पनि अफगानिस्तालाई हराउनु पर्छ । यो अवस्थामा समान दुई अंक हुँदा अस्ट्रेलिया नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सक्छ ।

पछिल्लो खेलमा अफगानिस्तानसँग २१ रनको हार ब्यहोर्नुले अस्ट्रेलियालाई ठूलो दबाब परेको हो । प्रमुख तीव्र गतिका बलर मिचेल स्टार्क भारतविरुद्ध टोलीमा फर्किनेछन् ।

मिचेल मार्शको कप्तानीमा रहेको अस्ट्रेलियालाई ग्लेन म्याक्सवेल, डेविड वार्नर, ट्राविस हेड, मार्कस स्टोइनिस, प्याट कमिन्स, एडम जम्पा, जोश हेजलउड जस्ता खेलाडीको साथ रहनेछ ।  

रोहित शर्माको कप्तानीमा रहेको भारत विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, जसप्रित बुमराह, कुलदीप यादव, रविन्द्र जडेजा जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।

भारत अस्ट्रेलियासँग एकदिवसीय विश्वकपको फाइनलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

ग्रुप २ बाट दक्षिण अफ्रिका शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगिसकेका छन् । ग्रुप १ को विजेताले इङ्ल्यान्ड र उपविजेताले दक्षिण अफ्रिकासँग सेमिफाइनलमा सामना गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो