माघ १५, २०८२ बिहीबार | ०७:५०:०८
गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा

वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । आयोजक वेष्ट इन्डिजलाई डकवर्थ लुइस पद्धति ( डिएलएस) का आधरमा तीन विकेटले  हराउँदै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । 

एन्टिगुएको सर भिभियन रिचार्ड क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको थियो । तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको खेलमा  दक्षिण अफ्रिकाले १२३ रनकाे नयाँ लक्ष्य प्राप्त गरेको थियो । 

उक्त नयाँ लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले २९, हेनरिच क्लासेनले २२, मार्को यानसनले अविजित २१, कप्तान एडेन मारक्रमले १८ र क्विनटन डि ककले १२ रन बनाए ।

वेष्ट इन्डिजका लागि रोस्टन चेजले तीन तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान दुई विकेट लिए ।

समूह-२ मा इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् । राति अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको थियाे । सुपर ८ मा  दुई अंक जाेडेकाे वेष्ट इन्डिज र अंकविहिन रहेको अमेरिका बाहिरिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो । 

यसअघि वेष्ट इन्डिजका लागि रोस्टन चेजले ४२ बलमा तीन चाैका र दुई छक्काकाे मद्दतले सर्वाधिक ५२ रन बनाए । यसैगरी कायल मायर्सले ३५, आन्द्रे रसेलले १५ रन  जाेड्नुबाहेक अन्य ब्याटर चल्न सकेनन् । ओपनर साइ होप गोल्डेन डकआउट भएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो ।

मायर्स र चेजबीच तेस्रो विकेटको लागि ६५ बलमा ८१ रनको साझेदारी भएको थियो । वेष्ट इन्डिजलाई सस्तैमा समेट्न स्पिनर ताबरेज शाम्सी घातक बने । उनले चार ओभरमा २७ रन खर्चिदै तीन विकेट हात पारे । यसैगरी मार्को यानसन,  एडेन मारक्रम, केशव महाराजा र कागिसो रबाडाले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।