चैत्र ७, २०८२ शनिबार | २०:५७:३०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । आयोजक वेष्ट इन्डिजलाई डकवर्थ लुइस पद्धति ( डिएलएस) का आधरमा तीन विकेटले  हराउँदै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । 

एन्टिगुएको सर भिभियन रिचार्ड क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको थियो । तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको खेलमा  दक्षिण अफ्रिकाले १२३ रनकाे नयाँ लक्ष्य प्राप्त गरेको थियो । 

उक्त नयाँ लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले २९, हेनरिच क्लासेनले २२, मार्को यानसनले अविजित २१, कप्तान एडेन मारक्रमले १८ र क्विनटन डि ककले १२ रन बनाए ।

वेष्ट इन्डिजका लागि रोस्टन चेजले तीन तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान दुई विकेट लिए ।

समूह-२ मा इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् । राति अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको थियाे । सुपर ८ मा  दुई अंक जाेडेकाे वेष्ट इन्डिज र अंकविहिन रहेको अमेरिका बाहिरिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो । 

यसअघि वेष्ट इन्डिजका लागि रोस्टन चेजले ४२ बलमा तीन चाैका र दुई छक्काकाे मद्दतले सर्वाधिक ५२ रन बनाए । यसैगरी कायल मायर्सले ३५, आन्द्रे रसेलले १५ रन  जाेड्नुबाहेक अन्य ब्याटर चल्न सकेनन् । ओपनर साइ होप गोल्डेन डकआउट भएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो ।

मायर्स र चेजबीच तेस्रो विकेटको लागि ६५ बलमा ८१ रनको साझेदारी भएको थियो । वेष्ट इन्डिजलाई सस्तैमा समेट्न स्पिनर ताबरेज शाम्सी घातक बने । उनले चार ओभरमा २७ रन खर्चिदै तीन विकेट हात पारे । यसैगरी मार्को यानसन,  एडेन मारक्रम, केशव महाराजा र कागिसो रबाडाले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो