माघ १७, २०८२ शनिबार | ०९:३३:०२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

कुवेतमाथि सानदार जितसहित नेपाल शीर्ष स्थानमा

काठमाडौ । आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोट चरणको तेस्रो खेलमा नेपालले कुवेतमाथि नौ विकेटको जितका साथ ग्लोबल क्वालिफायरमा छनोटको सम्भावना जीवित राखेको छ ।

बिहीबार सम्पन्न खेलमा  कुवेतले प्रस्तुत गरेको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा मात्र एक विकेट क्षतीमा पूरा गरेको हो ।

तीन खेलमा चार अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको युएई समान चार अंकका साथ दोस्रो स्थानमा छ । समूहको शीर्ष टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

एक रन जोड्दा ओपनर सिता रानामगरलाई गुमएको नेपालको इनिङ कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले दोस्रो विकेटका लागि अविजित २७ रनको साझेदारी गर्दै सहज जित दिलाएका थिए ।

इन्दुले ८ बलमा एक चौका मद्दतमा अविजित १३ र रुबिनाले १० बलमा एक चौका मद्दतमा अविजित १२ रन जोडिन् । 
यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेतले १५.४ ओभरमा मात्र २७ रनमा सीमित भएको थियो ।
कुवेतका कुनै पनि ब्याटरले दोहोरो स्कोर गर्न सकेनन् ।

कुवेतलाई सस्तोमा समेट्ने क्रममा संगिता राईले तीन तथा कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान दुई विकेट लिए ।

पहिलो खेलमा हङकङसँग निराश भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

नेपालले चौथो खेलमा मलेसिया र अन्तिम खेलमा युएईको समना गर्नेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।