चैत्र १३, २०८२ शुक्रबार | ०८:०४:०४
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

कुवेतमाथि सानदार जितसहित नेपाल शीर्ष स्थानमा

काठमाडौ । आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोट चरणको तेस्रो खेलमा नेपालले कुवेतमाथि नौ विकेटको जितका साथ ग्लोबल क्वालिफायरमा छनोटको सम्भावना जीवित राखेको छ ।

बिहीबार सम्पन्न खेलमा  कुवेतले प्रस्तुत गरेको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा मात्र एक विकेट क्षतीमा पूरा गरेको हो ।

तीन खेलमा चार अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको युएई समान चार अंकका साथ दोस्रो स्थानमा छ । समूहको शीर्ष टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

एक रन जोड्दा ओपनर सिता रानामगरलाई गुमएको नेपालको इनिङ कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले दोस्रो विकेटका लागि अविजित २७ रनको साझेदारी गर्दै सहज जित दिलाएका थिए ।

इन्दुले ८ बलमा एक चौका मद्दतमा अविजित १३ र रुबिनाले १० बलमा एक चौका मद्दतमा अविजित १२ रन जोडिन् । 
यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेतले १५.४ ओभरमा मात्र २७ रनमा सीमित भएको थियो ।
कुवेतका कुनै पनि ब्याटरले दोहोरो स्कोर गर्न सकेनन् ।

कुवेतलाई सस्तोमा समेट्ने क्रममा संगिता राईले तीन तथा कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान दुई विकेट लिए ।

पहिलो खेलमा हङकङसँग निराश भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

नेपालले चौथो खेलमा मलेसिया र अन्तिम खेलमा युएईको समना गर्नेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो