चैत्र १४, २०८२ शनिबार | १८:४६:०९
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

भारतविरुद्ध टेस्ट शृंखला जित्न कठिनः विलियम्सन

दिल्ली । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध खेल्दै विश्व टेस्ट च्याम्पियनसिप उपाधि रक्षाको यात्राको थालनी गर्नु त्यती सहज नभएको बताएका छन् ।

जुनमा सम्पन्न पहिलो विश्व टेस्ट च्याम्पियनसिपमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराउँदै उपाधि जितेको थियो ।

भारत घरेलु मैदानमा हुने दुई खेलको टेस्ट शृंखला जित्दै सो हारको बदला लिन चाहन्छ । 

भारतले बिहीबारबाट सुरु हुने पहिलो टेस्टमा कप्तान विराट कोहलीलाई विश्राम दिएको छ । अजिंके रहानेको कप्तानीमा उत्रने भारतीय टोलीमा रोहित शर्मा, केएल राहुल, जसप्रित बुमरा, मोहम्मद सामी र ऋषभ पन्त पनि हुने छैनन् । यी सबै खेलाडीलाई दुई खेलमै विश्राम दिइएको छ ।

भारतले पछिल्लो पटक ३३ वर्ष अघि न्युजिल्यान्डलाई घरेलु मैदानमा शृंखला सुम्पिएको थियो । 

हालै घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध सम्पन्न ट्वान्टी२० खेलको शृंखला भारतले ३-० ले क्लिन स्विप गरेको थियो ।

न्युजिल्यान्ड दुई साता अघि सम्पन्न आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

‘हामी यो शृंखलाका लागि दाबेदार टोली होइनौ,’ विलियम्सनले भने, ‘भारत घरेलु मैदानमा सधै बलियो रहँदै आएको छ । हामी सामु ठूलो चुनौती छ । यस शृंखलामा स्पिनरको भुमिका अहम हुनेछ ।’ 

राहुलको अनुपस्थितपमा  श्रेयष अ‍ैयरले न्युजिल्यान्डविरुद्धको खेलबाट भारतीय टेस्ट टोलीबाट डेब्यु गर्नेछन् ।

सुभमन गिल र मयांक अग्रवालले भारतको ओपनिङ सम्हाल्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो