माघ १५, २०८२ बिहीबार | १७:५०:३३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

नेपाल युएईसँग पराजित, एसिसी एसिया कप पुग्ने सम्भावना समाप्त

तस्विरः क्यान

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ ।

पराजित भएसँगै  साविक विजेता नेपालको लगातार दोस्रो पटक एसिसी एसिया कपमा छनाेट हुने सम्भावना समाप्त भएको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा शुक्रबार नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा चार  विकेट गुमाउँदै पूरा गर्यो ।

युएईका लागि  अलिशान सराफुले ४१ बलमा चार चौका र दुई छक्काको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसेगरी  विष्णु सुकुमारनले २८, सैयद हैदरले १४ र कप्तान मोहम्मद वासिमले ११ रन बनाए ।

तस्विरः क्यान

नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११९ रनको योगफल तयार पार्यो ।  

नेपालका लागि सन्दीप जोराले ४० बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । अन्तर्राष्ट्रिय ट्वान्टी २० मा सन्दीपको यो तेस्रो अर्धशतक हो । यसैगरी गुल्सन झाले २० र करण केसीले १७ रन बनाए ।

युएईका लागि जनैद सिद्धिकी, बसिल हामिद र अली नासिरले समान दुई तथा ओमिद सइफ रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले समान एक विकेट लिए ।

तस्विरः क्यान

नेपाल समूह ‘ए’ को विजेता तथा युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।

समूह चरणमा नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो ।

यता युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराउँदा ओमानसँग नौ विकेटको पराजय ब्यहोरेको थियो ।

युएईले उपाधिका लागि ओमान र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीसँग नेपालले तेस्रो स्थानका लागि खेल्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।