चैत्र १०, २०८२ मंगलबार | १३:३५:२९
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

नेपाल युएईसँग पराजित, एसिसी एसिया कप पुग्ने सम्भावना समाप्त

तस्विरः क्यान

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ ।

पराजित भएसँगै  साविक विजेता नेपालको लगातार दोस्रो पटक एसिसी एसिया कपमा छनाेट हुने सम्भावना समाप्त भएको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा शुक्रबार नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा चार  विकेट गुमाउँदै पूरा गर्यो ।

युएईका लागि  अलिशान सराफुले ४१ बलमा चार चौका र दुई छक्काको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसेगरी  विष्णु सुकुमारनले २८, सैयद हैदरले १४ र कप्तान मोहम्मद वासिमले ११ रन बनाए ।

तस्विरः क्यान

नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११९ रनको योगफल तयार पार्यो ।  

नेपालका लागि सन्दीप जोराले ४० बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । अन्तर्राष्ट्रिय ट्वान्टी २० मा सन्दीपको यो तेस्रो अर्धशतक हो । यसैगरी गुल्सन झाले २० र करण केसीले १७ रन बनाए ।

युएईका लागि जनैद सिद्धिकी, बसिल हामिद र अली नासिरले समान दुई तथा ओमिद सइफ रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले समान एक विकेट लिए ।

तस्विरः क्यान

नेपाल समूह ‘ए’ को विजेता तथा युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।

समूह चरणमा नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो ।

यता युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराउँदा ओमानसँग नौ विकेटको पराजय ब्यहोरेको थियो ।

युएईले उपाधिका लागि ओमान र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीसँग नेपालले तेस्रो स्थानका लागि खेल्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो