माघ १८, २०८२ आइतबार | २२:५१:०२
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

गण्डकीले मधेशलाई हरायो

काठमाडौं । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ। मुलपानी क्रिकेट मैदानमा बिहीबार गण्डकीले मधेश प्रदेशलाई आठ विकेटले पराजित गर्यो ।

जितसँगै गण्डकीको तीन खेलमा दुई अंक छ । पहिलो पराजय ब्यहोरेको मधेशको समान खेलबाट चार अंक छ ।

मधेशले प्रस्तुत गरेको १०३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि अर्जुन कुमालले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ४९ रनको योगदान गरे। यसैगरी इश्वर क्षेत्रीले ३२ र दीपक डुम्रेले ११ रन बनाए ।

मधेशका लागि विशाल पटेलले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १०२ रनको योगफल तयार पार्यो । मधेशका लागि विशाल शुस्लिंगले २४ तथा विशाल पटेलले २२, मायन यादवले १८, प्रदीप पासवानले १४ र अर्निको यादवले १३ रन बनाए ।

गण्डकीका लागिकप्तान विपिन खत्रीले चार, सुवास भण्डारीले दुई तथा कमल परियार र सन्दीप क्षेत्रीले समान एक विकेट लिए ।

यसअघि गण्डकीले लुम्बिनीसँग सात विकेट र बागमतीसँग ६७ रनको पराजय ब्यहोरेको थियो । मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो ।

बिहीबार नै सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथी सात विकेटको जित  निकाल्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।