माघ १०, २०८२ शनिबार | ०८:३२:३६
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

अस्ट्रेलियालाई बंगलादेशविरुद्धको शृंखला

काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली बंगलादेशविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । 

ढाकास्थित शेर बंगाल राष्ट्रिय रंगशालामा मंगलबार दोस्रो खेलमा अस्ट्रेलिया ५८ रनले विजयी भयो ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अस्ट्रेलियाले १० विकेटको सानदार जित निकालेको थियो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १०३ रन बनायो । 

बंगलादेशका लागि दिलरा अख्तरले २७, स्वर्ना अख्तरले २१, फहिमा खातुनले १५ र राबिया खातुनले अविजित १४ रन बनाए ।

अस्ट्रेलियाका लागि सोफी मोलिनेयुक्सले र एश्लेग गार्डनले समान तीन, मेगन स्टकले दुई र जर्जिया वेरेहमले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो ।

अस्ट्रेलियाका लागि जर्जिया वेरेहमले ३० बलमा १० चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरिन् । यसैगरी ग्रेस ह्यारिसले ४७, एलिस पेरीले २९ र ताहलिया म्याकग्रेथले १९ रन बनाए । 

दोस्रो विकेटका लागि वेरेहम र ह्यारिसले ९१ रनको साझेदारी गरे । बंगलादेशका लागि फरिहा त्रिस्नाले चार ओभरमा १९ रन खर्चिदै चार विकेट लिइन् । यसैगरी नाहिदा अख्तर र फहिमा खातुनको नाममा समान दुई विकेट रह्यो ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate