चैत्र १६, २०८२ सोमबार | १६:४२:०९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

अस्ट्रेलियालाई बंगलादेशविरुद्धको शृंखला

काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली बंगलादेशविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । 

ढाकास्थित शेर बंगाल राष्ट्रिय रंगशालामा मंगलबार दोस्रो खेलमा अस्ट्रेलिया ५८ रनले विजयी भयो ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अस्ट्रेलियाले १० विकेटको सानदार जित निकालेको थियो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै १०३ रन बनायो । 

बंगलादेशका लागि दिलरा अख्तरले २७, स्वर्ना अख्तरले २१, फहिमा खातुनले १५ र राबिया खातुनले अविजित १४ रन बनाए ।

अस्ट्रेलियाका लागि सोफी मोलिनेयुक्सले र एश्लेग गार्डनले समान तीन, मेगन स्टकले दुई र जर्जिया वेरेहमले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो ।

अस्ट्रेलियाका लागि जर्जिया वेरेहमले ३० बलमा १० चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरिन् । यसैगरी ग्रेस ह्यारिसले ४७, एलिस पेरीले २९ र ताहलिया म्याकग्रेथले १९ रन बनाए । 

दोस्रो विकेटका लागि वेरेहम र ह्यारिसले ९१ रनको साझेदारी गरे । बंगलादेशका लागि फरिहा त्रिस्नाले चार ओभरमा १९ रन खर्चिदै चार विकेट लिइन् । यसैगरी नाहिदा अख्तर र फहिमा खातुनको नाममा समान दुई विकेट रह्यो ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो