माघ १९, २०८२ सोमबार | ०४:१३:१४
पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम

नेपाल फाइनलमा पिएनजीसँग पराजित

काठमाडौं । त्रिकोणत्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)सँग नेपाल ८६ रनले पराजित भएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा पिएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमै समेटियो।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहितकुमार पौडेलले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पिएनजीका लागि काबुआ मोरिया, चाड सोपर, सेसे बाउ र सिमो कामियाले समान दुई तथा एली नाओले एक विकेट लिए ।

तेस्रो बलमा काबुआ मोरियाले विनोद भण्डारीलाई चार रनमा बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेल पाँच रन बनाएर आउट भए । उनलाई मोरियाले नै बोल्ड गरे ।

छैटौ ओभरको पहिलो बलमा गुल्सन झा ६ रन बनाएर रन आउट भए । आठौं ओभरको पहिलो बलमा कप्तान रोहितकुमार पौडेललाई १२ रनमा सेसे बाउले नोर्मन भानुआबाट क्याच गराए ।

११औं ओरभको तेस्रो बलमा सन्दीप जोरा १७ रन बनाएर आउट भए । उनलाई चाड सोपरले बाउबाट क्याच गराए । १३औं ओभरको चौथो बलमा विवेक यादवलाई सोपरले लेगा सियाकाबाट क्याच गराए । विवेकले एक रन बनाए । 

१४औं ओभरको पाँचौं बलमा आरिफ शेखलाई १५ रनमा बोल्ड गराए ।

१६औं ओभरको तेस्रो बलमा लोकेश बमलाई सिमो कामियाले ६ रनमा एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको पाँचौं बलमा कामियाले प्रतिश जिसीलाई रनको खाता पनि खोल्न नदिइ एली नाओबाट क्याच गराए ।

१७औं ओभरको तेस्रो बलमा करण केसीलाई एली नाओले कामियाबाट तीन रनमा क्याच गराए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल तयार पार्यो । 

पिएनजीका लागि टोली उराले अर्धशतक प्रहार गरे । यसैगरी एली नाओ ३० रनमा अविजित रहे । उराले पाँचौं विकेटमा लागि हिला वारेसँग ४८ रनको साझेदारी गरे । वारेले १८ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन तथा करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।

करणले दोस्रो बलमै सेसे बाउलाई रनको खाता पनि खोल्न नदिई आकाश चन्द बाट क्याच गराए ।दोस्रो ओभरको चौथो बलमा आकाशले कप्तान असाद भालालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । भाला दुई रन बनाएर आउट भए ।

चौथो ओभरको पहिलो बलमा आकाशले लेगा सियाकालाई दुई रनमा करणबाट क्याच गराए । छैटौं ओभरको दोस्रो बलमा गुल्सन झाले हिरी हिरीलाई लोकेश बमबाट क्याच गराए । हिरीले १५ रन बनाए ।

१२औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले हिला वारेलाई १८ रनमा एलबिडब्ल्युको धरापमा पारे ।  १४औं ओभरको चौथो बलमा कुशलले अर्धशतक प्रहार गरेका टोनी उरालाई विवेक यादवबाट क्याच गराए । उराले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६१ रन बनाए । 

१८औं ओभरको चौथो बलमा कुशलले किप्लिन डोरिगालाई लोकशबाट क्याच गराए । १९औं ओभरको पाँचौं बलमा आकाशले चाड सोपरलाई कुशलबाट क्याच गराए ।

लिग चरणबाट नेपाल शीर्ष पिएनजी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए ।

हङकङसँगको खेल वर्षाका कारण विना नतिजा टुङ्गिदा दोस्रो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराएको थियो । पिएनजीले हङकङलाई १० विकेटले पराजित गरेको थियो ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।