चैत्र ८, २०८२ आइतबार | ०२:१५:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल फाइनलमा पिएनजीसँग पराजित

काठमाडौं । त्रिकोणत्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)सँग नेपाल ८६ रनले पराजित भएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा पिएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमै समेटियो।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहितकुमार पौडेलले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पिएनजीका लागि काबुआ मोरिया, चाड सोपर, सेसे बाउ र सिमो कामियाले समान दुई तथा एली नाओले एक विकेट लिए ।

तेस्रो बलमा काबुआ मोरियाले विनोद भण्डारीलाई चार रनमा बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेल पाँच रन बनाएर आउट भए । उनलाई मोरियाले नै बोल्ड गरे ।

छैटौ ओभरको पहिलो बलमा गुल्सन झा ६ रन बनाएर रन आउट भए । आठौं ओभरको पहिलो बलमा कप्तान रोहितकुमार पौडेललाई १२ रनमा सेसे बाउले नोर्मन भानुआबाट क्याच गराए ।

११औं ओरभको तेस्रो बलमा सन्दीप जोरा १७ रन बनाएर आउट भए । उनलाई चाड सोपरले बाउबाट क्याच गराए । १३औं ओभरको चौथो बलमा विवेक यादवलाई सोपरले लेगा सियाकाबाट क्याच गराए । विवेकले एक रन बनाए । 

१४औं ओभरको पाँचौं बलमा आरिफ शेखलाई १५ रनमा बोल्ड गराए ।

१६औं ओभरको तेस्रो बलमा लोकेश बमलाई सिमो कामियाले ६ रनमा एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको पाँचौं बलमा कामियाले प्रतिश जिसीलाई रनको खाता पनि खोल्न नदिइ एली नाओबाट क्याच गराए ।

१७औं ओभरको तेस्रो बलमा करण केसीलाई एली नाओले कामियाबाट तीन रनमा क्याच गराए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल तयार पार्यो । 

पिएनजीका लागि टोली उराले अर्धशतक प्रहार गरे । यसैगरी एली नाओ ३० रनमा अविजित रहे । उराले पाँचौं विकेटमा लागि हिला वारेसँग ४८ रनको साझेदारी गरे । वारेले १८ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन तथा करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।

करणले दोस्रो बलमै सेसे बाउलाई रनको खाता पनि खोल्न नदिई आकाश चन्द बाट क्याच गराए ।दोस्रो ओभरको चौथो बलमा आकाशले कप्तान असाद भालालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । भाला दुई रन बनाएर आउट भए ।

चौथो ओभरको पहिलो बलमा आकाशले लेगा सियाकालाई दुई रनमा करणबाट क्याच गराए । छैटौं ओभरको दोस्रो बलमा गुल्सन झाले हिरी हिरीलाई लोकेश बमबाट क्याच गराए । हिरीले १५ रन बनाए ।

१२औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले हिला वारेलाई १८ रनमा एलबिडब्ल्युको धरापमा पारे ।  १४औं ओभरको चौथो बलमा कुशलले अर्धशतक प्रहार गरेका टोनी उरालाई विवेक यादवबाट क्याच गराए । उराले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६१ रन बनाए । 

१८औं ओभरको चौथो बलमा कुशलले किप्लिन डोरिगालाई लोकशबाट क्याच गराए । १९औं ओभरको पाँचौं बलमा आकाशले चाड सोपरलाई कुशलबाट क्याच गराए ।

लिग चरणबाट नेपाल शीर्ष पिएनजी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए ।

हङकङसँगको खेल वर्षाका कारण विना नतिजा टुङ्गिदा दोस्रो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराएको थियो । पिएनजीले हङकङलाई १० विकेटले पराजित गरेको थियो ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो