माघ १८, २०८२ आइतबार | १२:४७:५९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

जितसँगै चार खेलमा चार अंक जोडेको नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ ।  पहिलो पराजय ब्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अंक नै छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे । यसैगरी गुल्सन झाले ३८ र कुशल भुर्तेलले १२ रन बनाए ।

तेस्रो विकेटका लागि रोहित र गुल्सनले ८६ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन तथा आर्यन दत्तले एक विकेट लिए । 

त्यसअघि जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान गरे । यसैगरी  टिम भान डेर गुग्टेनले २४, रोलोफ भान डेर मार्वीले अविजित २३ र कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।


तेस्रो विकेटका लागि ओडोउड र एड्वार्डसले ५० रनको साझेदारी गरे । नेपालका लागि प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले समान दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यसअघि नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको नेपालले नामिबियालाई तीन रनले हराएको थियो ।

यसैगरी नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको थियो । अब लिग चरणको अन्ति खेलमा आइतबार नेदरल्यान्ड्सले नामिबियाको सामना गर्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।