चैत्र १४, २०८२ शनिबार | १०:४१:३१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

जितसँगै चार खेलमा चार अंक जोडेको नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ ।  पहिलो पराजय ब्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अंक नै छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे । यसैगरी गुल्सन झाले ३८ र कुशल भुर्तेलले १२ रन बनाए ।

तेस्रो विकेटका लागि रोहित र गुल्सनले ८६ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन तथा आर्यन दत्तले एक विकेट लिए । 

त्यसअघि जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान गरे । यसैगरी  टिम भान डेर गुग्टेनले २४, रोलोफ भान डेर मार्वीले अविजित २३ र कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।


तेस्रो विकेटका लागि ओडोउड र एड्वार्डसले ५० रनको साझेदारी गरे । नेपालका लागि प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले समान दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यसअघि नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको नेपालले नामिबियालाई तीन रनले हराएको थियो ।

यसैगरी नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको थियो । अब लिग चरणको अन्ति खेलमा आइतबार नेदरल्यान्ड्सले नामिबियाको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो