चैत्र ८, २०८२ आइतबार | ०२:१४:४१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जिल्लास्तरिय क्रिकेटः पाँचपोखरी हिमालयन र मेलम्ची विजयी

काठमाडौं । पाँचपोखरी ट्वान्टी २० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा बुधबार पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी भएका छन् ।


बुधबार भएको पहिलो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले साविक विजेता ह्याल्मो-११ लाई आठ विकेटले पराजित गर्यो ।

ह्याल्मोले प्रस्तुत गरेको १२३ रनको लक्ष्यसहित पाँचपोखरी हिमालयनले १७.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाँचपोखरी हिमालयनका लागि पासाङ दोर्जे तामाङले अविजित ५१ र पेम्बा सिंगी तामाङले ४४ रन बनाए ।

कर्मा तामाङ

टस जितेर ब्याटिङको निम्तो पाएको  ह्योल्मो-११ ले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पार्यो  ह्याल्मोका लागि विनोद तामाङले सर्वाधिक ४३ रन बनाएका थिए ।

पाँचपोखरी हिमालयनका लागि कर्मा तामाङले चार ओभरमा एक मेडनसहित २१ रन खर्चिदै पाँच विकेट लिए । उनले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरे ।


दिनको दोस्रो खेलमा मेलम्ची नगरपालिकाले द माइटी साँगाचोकलाई पाँच विकेटले हरायो ।मेलम्चीको यो लगातार दोस्रो जित हो ।

साँगाचोककोले प्रस्तुत गरेको १०० रनको लक्ष्य मेलम्चीले १३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो मेलम्चीका लागि कप्तान रेन्जिन लामाले सर्वाधिक ४४ रन बनाए ।  

मेलम्ची नगरपालिका

साँगाचोका लागि मनिष पराजुलीले दुई विकेट लिए ।

बुधबार नै भएको दोश्रो खेलमा टस जितेर ब्याटिङ रोजेको द माइटी साँगाचोकले १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो ।

साँगाचोकका लागि नवराज थापाले सर्वाधिक २६ रन बनाए । मेलम्चीका लागि सोनु देवकोटा र रेन्जिन लामाले समान तीन विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो