चैत्र ६, २०८२ शुक्रबार | ००:४७:५८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

क्यानको केन्द्रिय सम्झौतामा ३० पुरुष र १९ महिला खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले केन्द्रिय सम्झौतामा रहने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको छ ।

क्यानको सोमबार बसेको बोर्ड बैठकले सन् २०२४ का लागि केन्द्रिय सम्झौतामा रहने पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको नाम अनुमोदन गरेको हो ।

दुर्वतर्फका खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गिकरण गरिएको छ ।

पुरुषतर्फ 

ग्रेड ‘ए’:  रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल

ग्रेड ‘बी’: कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, अविनाश बोहरा

ग्रेड ‘सी’: विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा, प्रतिश जिसी

ग्रेड ‘डी’: पवन सराफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद,सूर्य तामाङ

इमर्जिङ क्याटोगरीः दिपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी

ग्रेड ‘ए’लाई १ लाख, ग्रेड ‘बी’लाई ७० हजार, ग्रेड ‘सी’लाई ५५ हजार, ग्रेड ‘डी’लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने निर्णय भएको छ ।

महिलातर्फ

ग्रेड ‘ए’:  इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर

ग्रेड ‘बी’: कविता कुँवर

ग्रेड ‘सी’: पुजा महतो, अश्मिना कर्माचार्य

ग्रेड ‘डी’: अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ, विन्दु रावल

इमर्जिङ क्याटोगरीः  सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का, साना प्रविन

ग्रेड ‘ए’लाई ५० हजार, ग्रेड ‘बी’लाई ३५ हजार, ग्रेड ‘सी’लाई ३० हजार, ग्रेड ‘डी’लाई २५ हजार र इमर्जिङ क्याटोगरीलाई २० हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने निर्णय भएको छ ।

यसैगरी बैठकले दिवाकर घलेलाई प्रतियोगिता समिति, विक्रम विष्टलाई प्राविधिक समिति, धिरेन्द्र सावदलाई विकास समिति तथा प्रदीप मजगैयालाई महिला क्रिकेट क्रिकेट विकास समितिमा संयोजकको जिम्मेवारी दिएको छ ।

यस्तै पूर्व कप्तान ज्ञानन्द्र मल्ल र पुर्व खेलाडी कलाम अलीलाई नेपाल ‘ए’ तथा महेशप्रसाद रिजाललाई यु-१९ राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरिएको छ । 

यस्ता छन् क्यान बाेर्ड बैठकका निर्णय


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो