चैत्र ३, २०८२ मंगलबार | ०९:१७:२६
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

लिटिल फ्लावर च्याम्पियन

धनगढी । थ्री स्टार स्कुललाई सात विकेटले पराजित गर्दै लिटिल फ्लावर स्कुल धनगढी क्रिकेट एकेडेमी (डिसीए)को आयोजनामा सम्पन्न दीपेन्द्र श्वार मोमेरियल डिसीए कपको च्याम्पियन बनेको छ ।  

फाप्ला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा थ्री स्टारले प्रस्तुत गरेको ६७ रनको लक्ष्य लिटिल फ्लावरले ११.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

लिटिल फ्लावरका लागि  यशकुमार कठायतले २१ बलमा चार चौकाको मद्दतले सर्वाधिक  २८ रनको योगदान गरे ।

थ्री स्टारका लागि किरण शाहु र पर्वत साउदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थ्री स्टारले १६ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तगार थियो । थ्री स्टारका लागि  कमल ढकालले  २३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लिटिल फ्लावरका रोशन रावलले चार ओभरमा एक ओभर मेडनसहित १८ रन खर्चिर चार विकेट लिए ।

विजेता लिटिल फ्लावरले ५० हजार र उपविजेता थ्री स्टार स्कुलले ३० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी दुवै टोलीका खेलाडीले डिसीएमा दुई महिनाको छात्रवृत्तीमा प्रशिक्षण पाउनेछन् ।  

स्टेपिङ स्टोन स्कुलका मनिष कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार रुपैयाँ सहित दुई महिनाको छात्रवृत्ती पाए ।

उत्कृष्ट ब्याटर स्टेपिङ स्टोनकै किरन धामी उत्कृष्ट ब्याटर र  लिटिल फ्लावरका रोशन रावल  उत्कृष्ट बलर चुनिए ।  दुवै जनाले समान ३ हजार रुपैयाँ सहित २ महिनाको छात्रवृत्ती  प्राप्त गरे  ।  

उदीयमान खेलाडी घोषित सुदर्शन पन्तले १ हजार रुपैयाँ सहित  डिसीएमा २ महिनाको छात्रवृत्ती पाए ।

 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने