चैत्र ७, २०८२ शनिबार | ०९:३३:४५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

क्यान अध्यक्षलाई उपाध्यक्ष सिंहको प्रश्नः लिग २ छाडेर दीपेन्द्रलाई किन फ्रेन्चाइज लिग खेल्ने अनुमति दिइयो ?

क्यान उपाध्यक्ष रोशनकुमार सिंह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौंमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गतको शृंखलाको पहिलो खेलका लागि राष्ट्रिय टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नभएकोमा विरोध जनाएका छन् ।

राष्ट्रिय टोलीका स्टार अलराउन्डर दीपेन्द्र हाल संयुक्त अरब इमिरेट्स (युएई) को फ्रेन्चाइज लिग इन्टरनेसनल लिग ट्वान्टी २० का लागि दुबईमा छन् । उनी गल्फ जायन्ट्ससँगअनुबन्धित भएका थिए । तर उनले एक खेलमा पनि खेल्ने अवसर पाएका छैनन् ।

‘आइसिसी विश्वकप लिग-२ को चार वर्षे साइकलको पहिलो शृंखला हामीलाई अत्यन्त महत्वपूर्ण रहेको थियो । एकदिवसीय मान्यता मेन्टेन गर्न र २०२० को विश्वकप छनोटको लागि शीर्ष चारभित्र रहन समेत हामीलाई यो शृंखलाका हरेक खेल अत्यन्त महत्वपूर्ण रहेका छन्,’ सिंहले अध्यक्ष चन्दलाई पठाएको इमेलमा लेखेका छन्, ‘देशको लागि खेल्नुभन्दा दीपेन्द्रसिंह ऐरीका लागि विदेशी फ्रेन्चाइज लिग कसरी प्रथामितकामा हुन सक्यो, बोर्डले एनओसी कसरी दियो ? स्पष्ट पार्नुहुन अनुरोध छ ।’

उपाध्यक्ष सिंहले भविश्यमा कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र सोमपाल कामीजस्ता खेलाडीले पनि राष्ट्रिय ड्युटी छोडेर व्यावसायिक लिग खेल्ने अनुमति मागेमा क्यानसँग रोक्ने आधार नहुने तर्क गर्दै महत्वपूर्ण खेलाडीलाई देशको प्रतिनिधित्व नगराई विदेशी फ्रेन्चाइज लिगमा पठाएको भनेर विरोध जनाएका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द

शृंखलाको पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । सोमबार सम्पन्न क्यानाडाविरुद्ध तीन खेलको शृंखलामा क्लिन स्विप गरेको नेपाल नामिबियासामु निरिह देखिएको थियो ।

घरेलु कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउदा अलआउट भएको थियो । त्यसक्रममा १० ओभरभित्र २१ रन बनाउदा नेपालले शीर्षपंक्तिका चार ब्याटर गुमाइसकेको थियो । जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाउदै स्पष्ट दुई अंक हासिल गरेको थियो ।

‘महत्वपूर्ण खेलाडीलाई देशको प्रतिनिधित्व नगराई विदेशी फ्रेन्चाइज लिगमा पठाउने, त्यहाँ समेत प्लेयिङ लिस्टमा नपरी बेन्चमा बस्दै म्याच हेर्ने मात्र गर्दा के कति अभ्यास हुन पुग्यो र हामी यहाँ महत्वपूर्ण दुई अंक लज्जास्पद रुपमा गुमाउदा कसलाई फाइदा पुगेको हो ? विगतमा समेत राष्ट्रिय ड्युटीका बेला कुनै पनि खेलाडीलाई अन्यत्र खेल्न अनुमती दिइएको पाइएको थिएन । यो पटक कसरी हामी यो सब गर्दैछौ ? उत्तरको अपेक्षा सहित,’ सिंहको इमेलमा लेखिएको छ ।

शृंखलामा नेपालले शनिबार नेदरल्यान्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया तथा अर्को आइतबार नेदरल्यान्डसँग दोस्रो खेल खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो