माघ १९, २०८२ सोमबार | ०१:२३:२५
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

क्यान अध्यक्षलाई उपाध्यक्ष सिंहको प्रश्नः लिग २ छाडेर दीपेन्द्रलाई किन फ्रेन्चाइज लिग खेल्ने अनुमति दिइयो ?

क्यान उपाध्यक्ष रोशनकुमार सिंह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौंमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गतको शृंखलाको पहिलो खेलका लागि राष्ट्रिय टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नभएकोमा विरोध जनाएका छन् ।

राष्ट्रिय टोलीका स्टार अलराउन्डर दीपेन्द्र हाल संयुक्त अरब इमिरेट्स (युएई) को फ्रेन्चाइज लिग इन्टरनेसनल लिग ट्वान्टी २० का लागि दुबईमा छन् । उनी गल्फ जायन्ट्ससँगअनुबन्धित भएका थिए । तर उनले एक खेलमा पनि खेल्ने अवसर पाएका छैनन् ।

‘आइसिसी विश्वकप लिग-२ को चार वर्षे साइकलको पहिलो शृंखला हामीलाई अत्यन्त महत्वपूर्ण रहेको थियो । एकदिवसीय मान्यता मेन्टेन गर्न र २०२० को विश्वकप छनोटको लागि शीर्ष चारभित्र रहन समेत हामीलाई यो शृंखलाका हरेक खेल अत्यन्त महत्वपूर्ण रहेका छन्,’ सिंहले अध्यक्ष चन्दलाई पठाएको इमेलमा लेखेका छन्, ‘देशको लागि खेल्नुभन्दा दीपेन्द्रसिंह ऐरीका लागि विदेशी फ्रेन्चाइज लिग कसरी प्रथामितकामा हुन सक्यो, बोर्डले एनओसी कसरी दियो ? स्पष्ट पार्नुहुन अनुरोध छ ।’

उपाध्यक्ष सिंहले भविश्यमा कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र सोमपाल कामीजस्ता खेलाडीले पनि राष्ट्रिय ड्युटी छोडेर व्यावसायिक लिग खेल्ने अनुमति मागेमा क्यानसँग रोक्ने आधार नहुने तर्क गर्दै महत्वपूर्ण खेलाडीलाई देशको प्रतिनिधित्व नगराई विदेशी फ्रेन्चाइज लिगमा पठाएको भनेर विरोध जनाएका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द

शृंखलाको पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । सोमबार सम्पन्न क्यानाडाविरुद्ध तीन खेलको शृंखलामा क्लिन स्विप गरेको नेपाल नामिबियासामु निरिह देखिएको थियो ।

घरेलु कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउदा अलआउट भएको थियो । त्यसक्रममा १० ओभरभित्र २१ रन बनाउदा नेपालले शीर्षपंक्तिका चार ब्याटर गुमाइसकेको थियो । जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाउदै स्पष्ट दुई अंक हासिल गरेको थियो ।

‘महत्वपूर्ण खेलाडीलाई देशको प्रतिनिधित्व नगराई विदेशी फ्रेन्चाइज लिगमा पठाउने, त्यहाँ समेत प्लेयिङ लिस्टमा नपरी बेन्चमा बस्दै म्याच हेर्ने मात्र गर्दा के कति अभ्यास हुन पुग्यो र हामी यहाँ महत्वपूर्ण दुई अंक लज्जास्पद रुपमा गुमाउदा कसलाई फाइदा पुगेको हो ? विगतमा समेत राष्ट्रिय ड्युटीका बेला कुनै पनि खेलाडीलाई अन्यत्र खेल्न अनुमती दिइएको पाइएको थिएन । यो पटक कसरी हामी यो सब गर्दैछौ ? उत्तरको अपेक्षा सहित,’ सिंहको इमेलमा लेखिएको छ ।

शृंखलामा नेपालले शनिबार नेदरल्यान्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया तथा अर्को आइतबार नेदरल्यान्डसँग दोस्रो खेल खेल्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।