काठमाडौं । एसिसी महिला प्रिमियर कप २०२४ को दोस्रो खेलमा भुटानले नेपालसामू ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल तयार पार्यो। भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाए ।
नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।
नेपाल लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपाललले हङकङलाई आठ विकेटले पराजित गरेका थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
