माघ १४, २०८२ बुधबार | २०:३६:४८
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

एलपिएलः सत्यवती एकेडेमी सेमिफाइनलमा

धनगढी । सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा समुह ‘डी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो।

सत्यवती एकेडेमीले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो।

एक्सिलेन्स सेन्टरका लागि अर्जुन घर्तीले ३४, सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाए।

सत्यवती एकेडेमीका लागि फिर्दोश अन्सारी र तृतराज दासले  समान २ तथा अभिषेक कोइराला, सन्तोष कार्की, रञ्‍जित कुमार र सन्दिप क्षेत्रीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रनको योगफल तयार पारेको थियो।

सत्यवतीका लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए । यसैगरी  इमरान शेख र सुजन गौतमले समान २१ रन जाेडे।

क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले समान १ विकेट लिए।

लिटल फ्लावरको सान्त्वना जित  

त्यसअघि दिनको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो। जितको बाबजुद समुह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश गर्न असफल रह्यो। तिन वटै खेलमा जितको साथ समूह विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ।

लिटल फ्लावरले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमै समेटियो । गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जाेड्न सकेनन्।

लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले ४, विपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको  गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको थियो । 

लिटल फ्लावरका लागि मनिष थापाले ४७ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५० रन बनाए। यसैगरी अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन जोडे ।

गरुडा नगरपालिकाका लागि रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले समान २ विकेट लिए।

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स तथा तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमीबीच हुनेछ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।