चैत्र १२, २०८२ बिहीबार | १७:४८:१२
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

एलपिएलः सत्यवती एकेडेमी सेमिफाइनलमा

धनगढी । सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा समुह ‘डी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो।

सत्यवती एकेडेमीले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो।

एक्सिलेन्स सेन्टरका लागि अर्जुन घर्तीले ३४, सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाए।

सत्यवती एकेडेमीका लागि फिर्दोश अन्सारी र तृतराज दासले  समान २ तथा अभिषेक कोइराला, सन्तोष कार्की, रञ्‍जित कुमार र सन्दिप क्षेत्रीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रनको योगफल तयार पारेको थियो।

सत्यवतीका लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए । यसैगरी  इमरान शेख र सुजन गौतमले समान २१ रन जाेडे।

क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले समान १ विकेट लिए।

लिटल फ्लावरको सान्त्वना जित  

त्यसअघि दिनको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो। जितको बाबजुद समुह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश गर्न असफल रह्यो। तिन वटै खेलमा जितको साथ समूह विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ।

लिटल फ्लावरले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमै समेटियो । गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जाेड्न सकेनन्।

लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले ४, विपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको  गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको थियो । 

लिटल फ्लावरका लागि मनिष थापाले ४७ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५० रन बनाए। यसैगरी अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन जोडे ।

गरुडा नगरपालिकाका लागि रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले समान २ विकेट लिए।

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स तथा तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमीबीच हुनेछ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो