काठमाडौं । एसिसी यु-१९ एसिया कपको दोस्रो खेलमा आइतबार अफगानिस्तानको सामना गर्दा नेपाल पहिलो जित निकाल्दै लक्ष्यमा हुनेछ ।
खेल युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा नेपाली समयअनुसार विहान ११ः१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । देव खनालको कप्तानीमा रहेको नेपाललाई अर्जुन कुमाल, उत्तम थापा मगर, दीपेश कंडेल, गुल्सन झा जस्ता खेलाडीको साथ रहेनछ ।
यता नासिर खानल मारुफखलीको कप्तानीमा रहेको अफगानिस्तान पनि पहिलो जितको लक्ष्यमा हुनेछ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।
अफगानिस्तानलाई जमशइद जाद्रन, मोहम्मद युनुस, बसिर अहमद, खलिल अहमद जस्ता खेलाडीको साथ रहनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
