चैत्र ६, २०८२ शुक्रबार | ०७:५७:०९
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

एलपिएलः युथ अफ टिकापुर र धनगढी स्पोर्टस विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणअन्तर्गत शुक्रबार सम्पन्न खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्टस क्लब विजयी भएका छन्।

दोश्रो जित दर्ता गर्ने क्रममा टिकापुरले धनगढी क्रिकेट एकेडेमी तथा खेलमा धनगढी स्पोर्टसले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गरे।

जितसँगै टिकापुर र धनगढी स्पोर्टसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् ।

दिनको पहिलो खेलमा  समूह ‘बी’ को टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो।  टिकापुरले दिए प्रस्तुत गरेको  १ सय ३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै १ सय २ रन मात्र बनाउन सक्यो।

धनगढीका  लागि शार्थक धितालले ३७, मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान गरे। टिकापुरका लागि गौतम केसीले तीन सुमित महर्जनले दुई तथा मोहम्मद हुसेन र प्रकाश जैसीले समान एक विकेट लिए।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको टिकापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो ।

टिकापुरका लागि हरि चौहानले २९, गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए।

धनगढीका लागि  युवराज खत्रीले चार निरज ऐरले दुई तथा हिक्मत महरा र मान साउदले समान एक विकेट लिए।

दोश्रो खेलमा समूह ‘ए’ को धनगढी स्पोर्टस क्लबले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो। शुक्लाफाँटाले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो।

धनगढी स्पोर्टसका लागि  लागि प्रनित थापाले ३४ बलमा  पाँच छक्का र तीन चौका को मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी  बसन्त कार्कीले अविजित २७ रन बनाए। 

३२ रनमा चार विकेट गुमेको अवस्थामा प्रनित र बसन्तले पाँचौ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे। शुक्लाफाँटाका लागि सुशील रावलले दुई तथा कैलाश ऐर र बसन्त खत्रीले समान विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको  शुक्लाफाँटाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९ रनको योगफल तयार पारेको थियो । शुक्लाफाँटाको लागि किरण ठगुन्नाले २९, विशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन बनाए ।

धनगढी स्पोर्टसका लागि  अमरसिंह रौटेलाले तीन,  भोजराज भट्टले दुई तथा दिपक ठकुरी र भुवन कार्कीले समान एक  विकेट लिए।

प्रतियोगिताअन्तर्गत  शनिवार पनि दुई खेल हुनेछन्। विहान ९ बजे युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका आमने सामने हुनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो