माघ १६, २०८२ शुक्रबार | ०२:५५:३०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

एलपिएलः युथ अफ टिकापुर र धनगढी स्पोर्टस विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणअन्तर्गत शुक्रबार सम्पन्न खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्टस क्लब विजयी भएका छन्।

दोश्रो जित दर्ता गर्ने क्रममा टिकापुरले धनगढी क्रिकेट एकेडेमी तथा खेलमा धनगढी स्पोर्टसले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गरे।

जितसँगै टिकापुर र धनगढी स्पोर्टसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् ।

दिनको पहिलो खेलमा  समूह ‘बी’ को टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो।  टिकापुरले दिए प्रस्तुत गरेको  १ सय ३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै १ सय २ रन मात्र बनाउन सक्यो।

धनगढीका  लागि शार्थक धितालले ३७, मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान गरे। टिकापुरका लागि गौतम केसीले तीन सुमित महर्जनले दुई तथा मोहम्मद हुसेन र प्रकाश जैसीले समान एक विकेट लिए।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको टिकापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो ।

टिकापुरका लागि हरि चौहानले २९, गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए।

धनगढीका लागि  युवराज खत्रीले चार निरज ऐरले दुई तथा हिक्मत महरा र मान साउदले समान एक विकेट लिए।

दोश्रो खेलमा समूह ‘ए’ को धनगढी स्पोर्टस क्लबले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो। शुक्लाफाँटाले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो।

धनगढी स्पोर्टसका लागि  लागि प्रनित थापाले ३४ बलमा  पाँच छक्का र तीन चौका को मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी  बसन्त कार्कीले अविजित २७ रन बनाए। 

३२ रनमा चार विकेट गुमेको अवस्थामा प्रनित र बसन्तले पाँचौ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे। शुक्लाफाँटाका लागि सुशील रावलले दुई तथा कैलाश ऐर र बसन्त खत्रीले समान विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको  शुक्लाफाँटाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९ रनको योगफल तयार पारेको थियो । शुक्लाफाँटाको लागि किरण ठगुन्नाले २९, विशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन बनाए ।

धनगढी स्पोर्टसका लागि  अमरसिंह रौटेलाले तीन,  भोजराज भट्टले दुई तथा दिपक ठकुरी र भुवन कार्कीले समान एक  विकेट लिए।

प्रतियोगिताअन्तर्गत  शनिवार पनि दुई खेल हुनेछन्। विहान ९ बजे युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका आमने सामने हुनेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।