चैत्र १३, २०८२ शुक्रबार | ०७:४२:४१
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

केपी ओली कपः मधेश प्रदेश च्याम्पियन

काठमाडौं । कप्तान हरिशंकर शाहको अलदराउन्ड प्रदर्शनप्रेरित मधेश प्रदेश केपी ओली कप ट्वान्टी २० प्रतियोगिताको च्याम्पियन बनेको छ । 

मधेशले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको हो ।

मधेशले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२,  विवेक यादवले अविजित २५, भीम सार्कीले २२, सोमपाल कामीले अविजित १६ र सान्तोष कार्कीले १६ रन बनाए । 

मधेशका लागि हरिशंकरले चार, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए ।

त्यसअघि टस जितर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशका लागि विशाल पटेलले ३२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी हरिशंकर शाहले २७, हिमान्शु दत्तले १४ र विशाल शुस्लिङ्गले १० रन बनाए ।

आर्मीका लागि विवेक यादव र शाहब अलमाले समान तीन सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए । 

सेमिफाइनलमा मधेशले नेपाल एपिएफ क्लबलाई ११ रन तथा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेका थिए ।

प्रतियोगिताको विजेता मधेशले ५ लाख तथा उपविजेताको आर्मीेले  २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । मंसिर ६ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका दुई टिम सहभागिता थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो