चैत्र १०, २०८२ मंगलबार | २२:४०:३२
रोहित पनि बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य रोहित पनि बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

केपी ओली कपः पुलिसको विजयी सुरुआत

फाइल फोटो

काठमाडौं । मधेश प्रदेशलाई ५७ रनले स्तब्ध बनाउँदै विभागीय टोली नेपाल पुलिस क्लबले केपी ओली कप ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

जितसँगै समूह ‘सी’ को पुलिसले दुई अंक जोड्दा मधेशले हारबाट प्रयितोगिताको सुरुआत गर्यो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा १ सय १८ रनमा समेटियो ।

मधेशका लागि रुपेश सिंहले ४०, इम्रन शेखले २२, रोहन बिक र राकेश कामतले समान १० रन बनाए ।

आठौं विकेटका लागि रुपेश र राकेशले ४६ रनको साझेदारी गरे । पुलिसका लागि करण केसी, सागर ढकाल, राशिद खान र ललितनारायण राजवंशीले समान दुई तथा कुशल भुर्तेल र सुनिल धमलाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ५७ बलमा आठ चौका र सात छक्काको मद्दतले १ सय २ रनको योगदान गरे । यसैगरी सुनिल धमलाले ४५ र करण केसीले अविजित १६ रन बनाए ।

पहिलो विकेटका लागि कुशल र सुनिलले १ सय ३८ रनको साझेदारी गरे । मधेशका लागि विशाल पटेल र विशाल शुस्लिङ्गले समान दुई रुपेश सिंहले एक विकेट तथा विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो