माघ ६, २०८२ मंगलबार | १४:०४:५६
अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला

एकदिवसीय विश्वकप फाइनलः घरेलु टोली भारत र पाँच पटकको च्याम्पियन अस्ट्रेलिया भिड्दै

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ उपाधिका लागि आज (आइतबार) घरेलु टोली भारत र सर्वाधिक पाँच पटकको च्याम्पियन अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा दिउसो सवाँ २ बजे सुरु हुनेछ । जुन मैदानमा कीर्तिमानी एक लाख ३० हजार समर्थक उपस्थित हुने अनुमान गरिएको छ ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो । अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

अस्ट्रेलिया पछिल्लो २७ वर्ष फाइनलमा पराजित भएको छैन । २४ वर्षमा पछिल्लो चार फाइनल जितेको छ । सन्् १९९६ मा पछिल्लो पटक श्रीलंकासँग फाइनलमा पराजित भएको थियो । 

अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । 

दुईबीच पछिल्लो भेट चेन्नईमा भएको थियो । लिग चरणमा भारत ६ विकेटले विजयी भयो । अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । १० खेल अनिर्णित बनेका छन् ।

भारतका विराट कोहली निकै लयमा छन् । उनले १० खेलमा सात सय ११ रन बनाएका छन् । जसमा तीन सतक र पाँच अर्धसतक छ । बलिङतर्फ मोहम्मद सामी ६ खेलमा २३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध एक्लै सात विकेट लिएका थिए ।

पछिल्लो आठ खेलमा अपराजित रहेको अस्ट्रेलियाको लागि ओपनर डेविड वार्नर लयमा छन् । उनी अस्ट्रेलियाको तर्पmबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । १० खेल खेल्दा पाँच समय २८ रन बनाएका छन् । दुई सतक र दुई अर्धसतक वार्नरको नाममा  छ । अफगानिस्तानविरुद्ध दोहोरो सतक हानेका ग्लेन म्याक्स्वेल भारतको लागि टाउँको दुखाई विषय बन्नेछन् ।

बलिङतर्फ स्पिनर एडम जाम्पा सर्वाधिक विकेट लिने सामी पछि दोस्रो स्थानमा छन् । उनले १० खेलमा २२ विकेट लिएका छन् । नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चेर चार विकेट लिएका थिए ।

भारतको सम्भावित टिमः 
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल (विकेटकिपर) सुर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज

अस्ट्रेलियाको सम्भावित टिमः 
प्याट कमिन्स (कप्तान), डेविड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टेभन स्मिथ, मार्नस लाबुसेन, जस इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क, एडम जाम्पा, जस हेजलवूड
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate