चैत्र ७, २०८२ शनिबार | ०१:५६:३३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एकदिवसीय विश्वकप फाइनलः घरेलु टोली भारत र पाँच पटकको च्याम्पियन अस्ट्रेलिया भिड्दै

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ उपाधिका लागि आज (आइतबार) घरेलु टोली भारत र सर्वाधिक पाँच पटकको च्याम्पियन अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा दिउसो सवाँ २ बजे सुरु हुनेछ । जुन मैदानमा कीर्तिमानी एक लाख ३० हजार समर्थक उपस्थित हुने अनुमान गरिएको छ ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो । अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

अस्ट्रेलिया पछिल्लो २७ वर्ष फाइनलमा पराजित भएको छैन । २४ वर्षमा पछिल्लो चार फाइनल जितेको छ । सन्् १९९६ मा पछिल्लो पटक श्रीलंकासँग फाइनलमा पराजित भएको थियो । 

अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । 

दुईबीच पछिल्लो भेट चेन्नईमा भएको थियो । लिग चरणमा भारत ६ विकेटले विजयी भयो । अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । १० खेल अनिर्णित बनेका छन् ।

भारतका विराट कोहली निकै लयमा छन् । उनले १० खेलमा सात सय ११ रन बनाएका छन् । जसमा तीन सतक र पाँच अर्धसतक छ । बलिङतर्फ मोहम्मद सामी ६ खेलमा २३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध एक्लै सात विकेट लिएका थिए ।

पछिल्लो आठ खेलमा अपराजित रहेको अस्ट्रेलियाको लागि ओपनर डेविड वार्नर लयमा छन् । उनी अस्ट्रेलियाको तर्पmबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । १० खेल खेल्दा पाँच समय २८ रन बनाएका छन् । दुई सतक र दुई अर्धसतक वार्नरको नाममा  छ । अफगानिस्तानविरुद्ध दोहोरो सतक हानेका ग्लेन म्याक्स्वेल भारतको लागि टाउँको दुखाई विषय बन्नेछन् ।

बलिङतर्फ स्पिनर एडम जाम्पा सर्वाधिक विकेट लिने सामी पछि दोस्रो स्थानमा छन् । उनले १० खेलमा २२ विकेट लिएका छन् । नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चेर चार विकेट लिएका थिए ।

भारतको सम्भावित टिमः 
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल (विकेटकिपर) सुर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज

अस्ट्रेलियाको सम्भावित टिमः 
प्याट कमिन्स (कप्तान), डेविड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टेभन स्मिथ, मार्नस लाबुसेन, जस इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क, एडम जाम्पा, जस हेजलवूड
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो