चैत्र ७, २०८२ शनिबार | २१:०५:२२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मार्करामको आक्रामक ब्याटिङमा दक्षिण अफ्रिकाको सहज जित

दुबई । एडिन मार्करामको आक्रामक ब्याटिङप्रेरित दक्षिण अफ्रिकाले आइसिसी ट्वान्टी२० विश्वकपमा पहिलो जित हात पारेको छ ।

मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ‘ग्रुप वान’ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि आठ विकेटको जित हात पारेको हो ।

 वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा दुई विकेट क्षतीमा पूरा गरेको थियो ।

यसअघि शनिबार पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पाँच विकेटको नतिजा सुम्पिएको थियो ।

दक्षिण अफ्रिकाको सहज जितमा मार्करामले अविजित ५१ र  रसे भान डेर डुसेनले अविजित ४३ रन बनाए । ६१-२ को स्थितीमा ब्याटिङका लागि आएका मार्करामले डुेसनसँग तेस्रो विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

मार्करमले २६ बलमा दुई चौका र चार छक्का प्रहार गरे । 

वेस्ट इन्डिजले एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा मात्रै दुई विकेट गुमाउँदै पुरा गर्यो । 

वेस्ट इन्डिजका अकिएल हुसैनले एक विकेट हात पारे । 

यसअघि टस हारेर व्याटिङमा निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रनको योगफल तयार गरेको थियो ।

वेस्ट इन्डिजबाट इर्बिन लुइसले  ५६ रन बनाए ।
 

दक्षिण अफ्रिकाका ड्वाने प्रेटोरियसले तीन, केशब महाराजले दुई तथा एनरिक नोट्जे र कगिसो रबाडाले समान एक विकेट लिएका थिए । 

प्रतियोगितामा वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार पहिलो खेलमा वेस्ट इन्डिजले इङल्यान्डलाई ६ विकेटको नतिजा सुम्पिएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो