माघ १५, २०८२ बिहीबार | ०८:३३:१७
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

मार्करामको आक्रामक ब्याटिङमा दक्षिण अफ्रिकाको सहज जित

दुबई । एडिन मार्करामको आक्रामक ब्याटिङप्रेरित दक्षिण अफ्रिकाले आइसिसी ट्वान्टी२० विश्वकपमा पहिलो जित हात पारेको छ ।

मंगलबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ‘ग्रुप वान’ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि आठ विकेटको जित हात पारेको हो ।

 वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा दुई विकेट क्षतीमा पूरा गरेको थियो ।

यसअघि शनिबार पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पाँच विकेटको नतिजा सुम्पिएको थियो ।

दक्षिण अफ्रिकाको सहज जितमा मार्करामले अविजित ५१ र  रसे भान डेर डुसेनले अविजित ४३ रन बनाए । ६१-२ को स्थितीमा ब्याटिङका लागि आएका मार्करामले डुेसनसँग तेस्रो विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

मार्करमले २६ बलमा दुई चौका र चार छक्का प्रहार गरे । 

वेस्ट इन्डिजले एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा मात्रै दुई विकेट गुमाउँदै पुरा गर्यो । 

वेस्ट इन्डिजका अकिएल हुसैनले एक विकेट हात पारे । 

यसअघि टस हारेर व्याटिङमा निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रनको योगफल तयार गरेको थियो ।

वेस्ट इन्डिजबाट इर्बिन लुइसले  ५६ रन बनाए ।
 

दक्षिण अफ्रिकाका ड्वाने प्रेटोरियसले तीन, केशब महाराजले दुई तथा एनरिक नोट्जे र कगिसो रबाडाले समान एक विकेट लिएका थिए । 

प्रतियोगितामा वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार पहिलो खेलमा वेस्ट इन्डिजले इङल्यान्डलाई ६ विकेटको नतिजा सुम्पिएको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।