चैत्र ७, २०८२ शनिबार | २०:३७:२२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हामी विश्वकप खेल्न मात्र होइन खेल जित्न पनि जाँदैछौंः सोमपाल

काठमाडौं । नेपाली क्रिकेट टोलीका तीव्रगतीका बलर सोपाल कामीले नेपाल विश्वकपमा केवल सहभागिताका लागि मात्र नभएर खेल जित्न पनि जाने बताएका छन् ।

नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

‘लामो समयपछि विश्वकपमा छनोट भएका छौं । यो वर्ष हाम्रा लागि निकै राम्रो भइरहेको छ । विश्वकपमा छनोट हुने हामी सबैको एउटै लक्ष्य थियो । त्यो आज पूरा भएको छ । हामी विश्वकप खेल्न मात्र होइन जित्न पनि जाँदैछौ,’ सोपालले भने,‘२०१४ को विश्वकप खेल्दा सानै थिए । त्यती बेला छनोटको मजा लिन पाएको थिइन् । अहिले पूर्ण रूपमा मज्जा लिए । सबैको मिहेनतले यो सफलता हात पार्न सफल भयौं । ’

युएईले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि आसिफ शेखले ५१ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ६४ र कप्तान रोहितकुमार पौडेलले २० बलमा समान दुई चौका र छक्काको मद्दले अविजित ३४ रन बनाए ।

कप्तान रोेहितले युएईविरुद्ध योजना अनुसारको प्रदर्शन भएको बताए ।

‘हामी सिनियरहरुले सन् २०१४ को विश्वकप खेलेको देखेर नै क्रिकेटमा लागेका हौं । हाल टोलीमा रहेका सोमपाल कामी र विनोद भण्डारी दाई बेहक अरुले त्यसपछि नै क्रिकेट खेल्न थालेका हौं । क्रिकेट खेल्न काठमाडौं आउँदा देखि कप्तानको रूपका टोलीलाई विश्वकपसम्म पुर्याउँदासम्मको यात्र निकै रोमाञ्चक छ । म आफ्लाई भाग्यमानी ठान्छु,’ रोहितले भने,‘ आजको खेलमा योजना अनुुसारको प्रदर्शन भयो । सबैले आ आफ्नो ठाउँबाट योगदान गरे ।’

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो