माघ १६, २०८२ शुक्रबार | १९:२३:१९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

हामी विश्वकप खेल्न मात्र होइन खेल जित्न पनि जाँदैछौंः सोमपाल

काठमाडौं । नेपाली क्रिकेट टोलीका तीव्रगतीका बलर सोपाल कामीले नेपाल विश्वकपमा केवल सहभागिताका लागि मात्र नभएर खेल जित्न पनि जाने बताएका छन् ।

नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

‘लामो समयपछि विश्वकपमा छनोट भएका छौं । यो वर्ष हाम्रा लागि निकै राम्रो भइरहेको छ । विश्वकपमा छनोट हुने हामी सबैको एउटै लक्ष्य थियो । त्यो आज पूरा भएको छ । हामी विश्वकप खेल्न मात्र होइन जित्न पनि जाँदैछौ,’ सोपालले भने,‘२०१४ को विश्वकप खेल्दा सानै थिए । त्यती बेला छनोटको मजा लिन पाएको थिइन् । अहिले पूर्ण रूपमा मज्जा लिए । सबैको मिहेनतले यो सफलता हात पार्न सफल भयौं । ’

युएईले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि आसिफ शेखले ५१ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ६४ र कप्तान रोहितकुमार पौडेलले २० बलमा समान दुई चौका र छक्काको मद्दले अविजित ३४ रन बनाए ।

कप्तान रोेहितले युएईविरुद्ध योजना अनुसारको प्रदर्शन भएको बताए ।

‘हामी सिनियरहरुले सन् २०१४ को विश्वकप खेलेको देखेर नै क्रिकेटमा लागेका हौं । हाल टोलीमा रहेका सोमपाल कामी र विनोद भण्डारी दाई बेहक अरुले त्यसपछि नै क्रिकेट खेल्न थालेका हौं । क्रिकेट खेल्न काठमाडौं आउँदा देखि कप्तानको रूपका टोलीलाई विश्वकपसम्म पुर्याउँदासम्मको यात्र निकै रोमाञ्चक छ । म आफ्लाई भाग्यमानी ठान्छु,’ रोहितले भने,‘ आजको खेलमा योजना अनुुसारको प्रदर्शन भयो । सबैले आ आफ्नो ठाउँबाट योगदान गरे ।’

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।