चैत्र १२, २०८२ बिहीबार | १३:२०:५९
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

एकदिवसीय विश्वकपः भारतको लगातार चौथो जित

काठमाडौं । बंगालदेशलाई सात विकेटले स्तब्ध बनाउँदै घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको छ ।

जितसँगै चार खेलमा आठ अंक जोडेको भारत  दोस्रो स्थानमा छ । लगातार तेस्रो पराजय व्यहोरेको बंगलादेशको समान खेलबाट दुई अंक छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा बिहीबार बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । 

भारतका लागि विराट कोहलीले ९७ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित १ सय ३ रनको योगदान दिए  । यसैगरी शुभमन गिलले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५३, कप्तान रोहित शर्माले ४८, केएल राहुलले अविजित ३४ र श्रेयश अय्यरले १९ रन बनाए ।

पहिलो विजेताका लागि शुभमन र रोहितले ८८ रन तथा चौथो विकेटका लागि विराट र केएलले अविजित ८३ रनको साझेदारी गरे ।

बंगलादेशका लागि मेहदी हसन मिराजले दुई र हसन महम्मदले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ५६ रनको योगफल तयार पारेको थियो ।

बंगालदेशका लागि लिटोन दासले ८२ बलमा सात चौकाको मद्दले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी तन्जिद हसनले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।

पहिलो विकेटका लागि दास र हसनले ९३ रनको साझेदारी गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई तथा कुलदिप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो