माघ १७, २०८२ शनिबार | १५:३९:१३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एकदिवसीय विश्वकपः भारतको लगातार चौथो जित

काठमाडौं । बंगालदेशलाई सात विकेटले स्तब्ध बनाउँदै घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको छ ।

जितसँगै चार खेलमा आठ अंक जोडेको भारत  दोस्रो स्थानमा छ । लगातार तेस्रो पराजय व्यहोरेको बंगलादेशको समान खेलबाट दुई अंक छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा बिहीबार बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । 

भारतका लागि विराट कोहलीले ९७ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित १ सय ३ रनको योगदान दिए  । यसैगरी शुभमन गिलले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५३, कप्तान रोहित शर्माले ४८, केएल राहुलले अविजित ३४ र श्रेयश अय्यरले १९ रन बनाए ।

पहिलो विजेताका लागि शुभमन र रोहितले ८८ रन तथा चौथो विकेटका लागि विराट र केएलले अविजित ८३ रनको साझेदारी गरे ।

बंगलादेशका लागि मेहदी हसन मिराजले दुई र हसन महम्मदले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ५६ रनको योगफल तयार पारेको थियो ।

बंगालदेशका लागि लिटोन दासले ८२ बलमा सात चौकाको मद्दले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी तन्जिद हसनले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।

पहिलो विकेटका लागि दास र हसनले ९३ रनको साझेदारी गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई तथा कुलदिप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।