चैत्र १६, २०८२ सोमबार | १६:४१:१२
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

३० रन बनाउँदा मंगोलियाले पाँच विकेट गुमायो

काठमाडौं । चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र मंगोलियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा युवा ब्याटर कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकप्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जवाफी ब्याटिङमा आएको मंगोलियाले आठ ओभरमा ३० रन बनाउँदा पाँच विकेट गुमाइसकेको छ । उसका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेका छैन । दुई खेलाडी शुन्यमा पेभिलियन फर्किएका छन् ।

नेपालको करण केसी र अभिनाश बोहराले समान दुई विकेट लिएका छन् । सोमपाल कामीको नाममा १ एक विकेट छ ।

यसअघि टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो ।  

पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ, फिल्डिङ र ब्याटिङमा कमजोर प्रदर्शन गरेको थियो । नेपाली ब्याटरले सानदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए । फलतः नेपाल टी२० आईकै ठूलो स्कोर बनाउन सफल भयो । मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए । ब्याटिङतर्फ पनि मंगोलियाका कुनै खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।

तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन् । मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए ।

यसअघि कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए । कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गराएका छन् । ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए ।

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले ९ बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए ।

मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन । मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो