चैत्र ७, २०८२ शनिबार | २०:३९:३५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंंखला ३-२ ले आफ्नो पक्षमा पारेको छ ।

आइतबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा १ सय २२ रनको फराकिलो जित निकालेको हो । जोहनेसबर्ग स्थित वान्डरेस क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४.१ ओभरमा १ सय ९३ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले ५६ बलमा समान ६ चौका र छक्काको मद्दतले ७१, मार्नुस लाबुसेनले ४४, सेन एबोटले २३, क्यामरुन ग्रिनले १८ र डेविड वार्नरले १० रन बनाए ।

तेस्रो विकेटका लागि मार्श र लाबुसेनले ९० रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसेनले आठ ओभरमा एक मेडनसहित ३९ रन खर्चिएर पाँच, केशव महारेजले ९.१ ओभरमा दुई मेडनसहित ३३ रन खर्चिएर चार र एन्डिले फेहलुक्वायोले ६ ओभरमा ४४ रन खर्चिएर एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय १५ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८७ बलमा नौ चौका र तीन छक्काको मद्दतले ९३, डेविड मिलरले ६५ बलमा चार चौका र तीन छक्काको मद्दतले ६३, मार्को यानसेनले ४७, एन्डिले फेहलुक्वायोले अविजित ३८, रस्सी भान डेर डुसेनले ३० र क्विनटन डिककले २७ रन बनाए ।

पाँचौं विकेटका लागि माक्ररम र मिलरले १ सय ९ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन सेन एबोटले दुई र क्यामरुन ग्रिन, नाथन एलिस र टिम डेविडले समान एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाले तीन विकेट र १ सय २३ रन तथा दक्षिण अफ्रिकाले १ सय ११ र १ सय ६४ रनको जित निकालेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो