माघ १५, २०८२ बिहीबार | १९:०५:५९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंंखला ३-२ ले आफ्नो पक्षमा पारेको छ ।

आइतबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा १ सय २२ रनको फराकिलो जित निकालेको हो । जोहनेसबर्ग स्थित वान्डरेस क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४.१ ओभरमा १ सय ९३ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले ५६ बलमा समान ६ चौका र छक्काको मद्दतले ७१, मार्नुस लाबुसेनले ४४, सेन एबोटले २३, क्यामरुन ग्रिनले १८ र डेविड वार्नरले १० रन बनाए ।

तेस्रो विकेटका लागि मार्श र लाबुसेनले ९० रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसेनले आठ ओभरमा एक मेडनसहित ३९ रन खर्चिएर पाँच, केशव महारेजले ९.१ ओभरमा दुई मेडनसहित ३३ रन खर्चिएर चार र एन्डिले फेहलुक्वायोले ६ ओभरमा ४४ रन खर्चिएर एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय १५ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८७ बलमा नौ चौका र तीन छक्काको मद्दतले ९३, डेविड मिलरले ६५ बलमा चार चौका र तीन छक्काको मद्दतले ६३, मार्को यानसेनले ४७, एन्डिले फेहलुक्वायोले अविजित ३८, रस्सी भान डेर डुसेनले ३० र क्विनटन डिककले २७ रन बनाए ।

पाँचौं विकेटका लागि माक्ररम र मिलरले १ सय ९ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन सेन एबोटले दुई र क्यामरुन ग्रिन, नाथन एलिस र टिम डेविडले समान एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाले तीन विकेट र १ सय २३ रन तथा दक्षिण अफ्रिकाले १ सय ११ र १ सय ६४ रनको जित निकालेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।