चैत्र ७, २०८२ शनिबार | २१:०३:४९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एसिसी एसिया कपः भारत आठौं पटक च्याम्पियन

काठमाडौं। घरेलु टोली श्रीलंकाविरुद्ध  १० विकेटको सानदार जित निकाल्दै भारत आठौं पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ ।

भारत पाँच वर्ष पछि च्याम्पियन बनेको हो । कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा आइतबार साबिक विजेता श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमा कुनै पनि विजकेट नगुमाइ भेट्टायो ।

भारतका लागि शुभमन गिलले बलमा १९ बलमा ६ चौको मद्दले  २७ र इशान किसनले १८ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै समेटिएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिजले १७ र डुसन हेमन्थाले अविजजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पहिलो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले कुशल परेरालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए । श्रीलंकाले चौथो ओभरमा पथुम निसन्का,सदिरा समाराविक्रमा, चरिथा अस्लंका र धनन्नजय डि सिल्भालाई गुमाएको थियो।

मोहम्मद सिराजले ओभरको पहिलो बलमा निसन्कालाई व्यक्तिगत दुई रनमा रविन्द्र जडेजाबाट क्याच गराए । तेस्रो बलमा सामाविक्रमा एलबिडब्ल्युको सिकार बन्दा चौथो बलमा अस्लंका इशान किसनबाट क्याच भए ।

ओभरको अन्तिम बलमा डि सिल्भा व्यक्तिगत चार रनमा राहुलबाट क्याच गराए । छैटौं ओभरको चौथो बलमा सिराजले कप्तान दासुन सनाकालाई बोल्ड गराए ।
हार्दिक पाड्याले १३ औं ओभरको  बलमा दुनिथ वेलालागेलाई व्यक्तिगत आठ रनमा राहुलबाट १६ औं ओभरको पहिलो बलमा प्रमोद मदुसनलाई एक रनमा विराट कोहली र दोस्रो बलमा मथिशा पाथिरानालाई किसनबाट क्याच गराए ।

भारतका लागि सिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६, पान्ड्याले २.२ ओभरमा तीन रन खर्चिएर तीन र बुमराहले पाँच ओभरमा एक मेडनसहित २३ रन खर्चिएर एक विकेट लिए ।

यसअघि भारत सन् १९८४, १९८८, १९९० / ९१, १९९५, २०१०, २०१६ र २०१८ मा च्याम्पियन बनेको थियो । श्रीलंका सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को च्याम्पियन टोली हो ।

यसपटकको एसिया कपका नेपालले पनि सहभागिता जनाएको थियो । समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग  १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो