माघ १५, २०८२ बिहीबार | १२:०३:०३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एसिसी एसिया कपः भारत आठौं पटक च्याम्पियन

काठमाडौं। घरेलु टोली श्रीलंकाविरुद्ध  १० विकेटको सानदार जित निकाल्दै भारत आठौं पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ ।

भारत पाँच वर्ष पछि च्याम्पियन बनेको हो । कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा आइतबार साबिक विजेता श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमा कुनै पनि विजकेट नगुमाइ भेट्टायो ।

भारतका लागि शुभमन गिलले बलमा १९ बलमा ६ चौको मद्दले  २७ र इशान किसनले १८ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै समेटिएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिजले १७ र डुसन हेमन्थाले अविजजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पहिलो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले कुशल परेरालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए । श्रीलंकाले चौथो ओभरमा पथुम निसन्का,सदिरा समाराविक्रमा, चरिथा अस्लंका र धनन्नजय डि सिल्भालाई गुमाएको थियो।

मोहम्मद सिराजले ओभरको पहिलो बलमा निसन्कालाई व्यक्तिगत दुई रनमा रविन्द्र जडेजाबाट क्याच गराए । तेस्रो बलमा सामाविक्रमा एलबिडब्ल्युको सिकार बन्दा चौथो बलमा अस्लंका इशान किसनबाट क्याच भए ।

ओभरको अन्तिम बलमा डि सिल्भा व्यक्तिगत चार रनमा राहुलबाट क्याच गराए । छैटौं ओभरको चौथो बलमा सिराजले कप्तान दासुन सनाकालाई बोल्ड गराए ।
हार्दिक पाड्याले १३ औं ओभरको  बलमा दुनिथ वेलालागेलाई व्यक्तिगत आठ रनमा राहुलबाट १६ औं ओभरको पहिलो बलमा प्रमोद मदुसनलाई एक रनमा विराट कोहली र दोस्रो बलमा मथिशा पाथिरानालाई किसनबाट क्याच गराए ।

भारतका लागि सिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६, पान्ड्याले २.२ ओभरमा तीन रन खर्चिएर तीन र बुमराहले पाँच ओभरमा एक मेडनसहित २३ रन खर्चिएर एक विकेट लिए ।

यसअघि भारत सन् १९८४, १९८८, १९९० / ९१, १९९५, २०१०, २०१६ र २०१८ मा च्याम्पियन बनेको थियो । श्रीलंका सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को च्याम्पियन टोली हो ।

यसपटकको एसिया कपका नेपालले पनि सहभागिता जनाएको थियो । समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग  १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।