चैत्र १४, २०८२ शनिबार | १०:५९:३९
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

तेस्रो एकदिवसीयमा पाकिस्तान विजयी

काठमाडौं । महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाकाे तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

जितका बाबजुत पाकिस्तानले  तीन खेलको शृंखला भने २-१ ले गुमायो ।  यसअघि दक्षिण अफ्रिका १ सय २७ रन  र ६ विकेटले विजयी भएकाे थियाे  ।

कराँचीस्थित राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पाकिस्तानले ३८ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका लागि सिद्रा आमिनले ८२ बलमा ६ चौकोको मद्दतले सर्वाधिक ६८ रनको योगदान दिइन् । यसैगरी बिस्माह मारुफले ९८ बलमा पाँच चौकाको मद्दतले अविजित ६० र आलिया रियाजले अविजित १९ रन बनाए ।

दोस्रो विकेटका लागि सिद्रा र बिस्माहले १ सय १० रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि नादिनी डि क्लार्क र अयाबोन्गा खाकाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८५ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि नादिनी डि क्लार्कले  ९५ बलमा तीन चौकामो मद्दतले सर्वाधिक ६० रनको योगदान गरिन् । यसैगरी ताजमिन ब्रिट्सले ३२, डेल्मी टुकरले २५, म्यारिजिन कापले २१, लारा गुडअलले १३ र सुने लुसले १० रन बनाए ।

पाकिस्तानका लागि सादिया इक्बाल, निदा दार र नशरा सन्धुले समान दुई तथा डायना बेग र वाहिदा अख्तरले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो