चैत्र १०, २०८२ मंगलबार | १५:५७:०३
इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित

भारतविरुद्धको खेलमा बिर्सन नसकिने क्षणहरु

काठमाडौं । एसिसी एसिया कप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको खेलमा भारतसँग १० विकेटले पराजित भएपछि नेपालको यात्रा पहिलो चरणमै समाप्त भएको हो । नेपालले यसअघि समूहको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार ब्यहोरेको थियो ।

एसोसियट राष्ट्र नेपालका लागि टेस्ट राष्ट्रसँग खेल्नु ठूलो कुरा हो । अझ भारत जस्तो हस्तीसँग खेल्न पाउनु भनेको भाग्य बलियो हुनु नै हो । मंगलबार पूर्णरुपमा भारत नेपालमाथि हाबी भयो । पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती १० ओभर निकै राम्रो खेलेको थियो । नेपालको ब्याटिङ ४९औं ओभरसम्म लम्बिन्छ भनेर सायदै कसैले सोचेको हुनुपर्छ । अझ २ सय ३० रन जोड्छ भन्ने अनुमान गर्नु त परै जाओस् ।

दोस्रो इनिङमा तीनपटकको विश्वविजेता भारतसामू नेपाली बलर निरिह बन्यो । वर्षाले प्रभावित खेल २३ ओभरमा झरेको थियो । भारतलाई डकवर्थ लुइस पद्धति अनुसार १ सय ४५ रनको लक्ष्य दिइएको थियो । ओपनरद्वय कप्तान रोहित शर्माले ७४ रन बनाउँदा शुभमन गिलले ६७ रन जोडे ।  १७ बल बाँकी छँदै भारतले लक्ष्य पूरा गर्यो ।
भलै नेपालले १० विकेटको हार ब्यहोरेको होस् नेपाली क्रिकेटले यो खेललाई सँधै याद गरिरहनेछ । खेलाडीहरुले सक्दो दिए । यादगार क्षणहरु बने, जसलाई नेपाली क्रिकेट समर्थकले पछिका दिनसम्म पनि सम्झिरहनेछन् ।

भारतविरुद्धको खेल, बिर्सन नसकिने क्षणहरु
१. तीन ड्रप क्याच
पहिले ब्याटिङ गरेको नेपालले सुरुआती दुई ओभरमा दुईपटक जिवनदान पाएको थियो । पहिलो ओभरको अन्तिम बलमा श्रेयस ऐयरले कुशल भूर्तेलको क्याच ड्रप गरेका थिए । त्यस्तै दोस्रो ओभरको पहिलो बलमा पूर्व कप्तान विराट कोहलीले आसिफ शेखलाई जिवनदान दिएका थिए । पछि आसिफले ९७ बलमा आठ चौका प्रहार गर्दै ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पाँचौ ओभरको दोस्रो बलमा इसान किसानले भूर्तेलको क्याच मिस गरेका थिए ।

२. दुई सफल रिभ्यु
तीन क्याच ड्रपपछि भूर्तेलले अर्को जिवनदान पायो । नवौं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले भूर्तेललाई एलबिडब्लुमा पेभिलियनको बाटो देखाएका थिए । अम्पायरले पनि हार्दिकको पक्षमा गएका थिए । पछि भूर्तेलले रिभ्यु लिए जसमा निर्णय भूर्तेलको पक्षमा गयो । त्यतिबेला नेपाल ४२-० को अवस्थामा थियो । त्यस्तै १९ औं ओभरको अन्तिम बलमा आशिफको रिभ्यु पनि सफल  भएको थियो । कुल्दिप यादवको एलबिडब्लु अपिलमा अम्पायरले आसिफलाई आउट करार गरेको थियो । त्यतिबेला नेपाल ८९-२ को स्थितिमा थियो ।

३. रोहितको क्याच रोहितले नै लिए
नेपाली कप्तान रोहित पौडेल भारतीय कप्तान रोहित शर्माको क्याचमा पेभिलियन फर्के । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा नेपाली रोहित भारतीय रोहितबाट क्याच आउट भएका हुन् । पछिल्लो खेलमा खाता खोल्न नपाई पहिलो बलमै आउट भएका रोहितले यसपाली जम्मा पाँच रन जोडे । रोहित आउट हुँदा नेपाल ९३÷३ को अवस्थामा थियो ।

४. आसिफको अर्धशतक
ओपनर आसिफले अर्धशतक प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय आफ्नो १० औं अर्धशतक प्रहार गर्ने क्रममा आसिफले ८८ बलमा सात चौका प्रहार गरे । यससँगै आसिफ एसिया कपमाअर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आसिफले पहिलो विकेटका लागि भुर्तेलसँग ६५ रनको साझेदारी गरेका थिए । पछि ५८ रनमा रहँदा मोहम्मद सिराजले आसिफको विकेट लिए ।

५. नेपाली क्रिकेटरलाई अर्नाको ८ लाख ५० हजार पुरस्कार

बियर कम्पनी अर्नाले भारतमाथि जित हासिल गरे नेपाली टिमलाई ५० लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । यसैगरी छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का एक लाख, चौका प्रहार गर्नेलाई प्रति चौका २५ हजार र विकेट लिनेलाई प्रति विकेट एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । 

आसिफले ९७ बल सामना गर्दै ८ चौका प्रहार गरेका थिए । जसअनुसार उनले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । २ छक्का र ३ चौका प्रहार गरेका आसिफका ओपनिङ पार्टनर कुशल भूर्तेलले सबैभन्दा धेरै २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । भूर्तेलले २५ बलमा ३८ रनको योगदान गरेका थिए । 

आक्रामक खेल्दै ५६ बलमा ४८ रन बनाएका सोमपाल कामीले पहिलो इनिङको प्रदर्शनका आधारमा २ लाख २५ हजार रुपैयाँ पाउने भएका छन् । उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए । यसैगरी समान ३ चौका प्रहार गरेका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ऐरीले २५ बलमा तीन चौकासहित २९ रन बनाउँदा गुल्सनले ३५ बलमा २३ रनको योगदान गरेका थिए ।

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो