माघ २, २०८२ शुक्रबार | ००:५०:४०
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित

भारतविरुद्धको खेलमा बिर्सन नसकिने क्षणहरु

काठमाडौं । एसिसी एसिया कप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको खेलमा भारतसँग १० विकेटले पराजित भएपछि नेपालको यात्रा पहिलो चरणमै समाप्त भएको हो । नेपालले यसअघि समूहको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार ब्यहोरेको थियो ।

एसोसियट राष्ट्र नेपालका लागि टेस्ट राष्ट्रसँग खेल्नु ठूलो कुरा हो । अझ भारत जस्तो हस्तीसँग खेल्न पाउनु भनेको भाग्य बलियो हुनु नै हो । मंगलबार पूर्णरुपमा भारत नेपालमाथि हाबी भयो । पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती १० ओभर निकै राम्रो खेलेको थियो । नेपालको ब्याटिङ ४९औं ओभरसम्म लम्बिन्छ भनेर सायदै कसैले सोचेको हुनुपर्छ । अझ २ सय ३० रन जोड्छ भन्ने अनुमान गर्नु त परै जाओस् ।

दोस्रो इनिङमा तीनपटकको विश्वविजेता भारतसामू नेपाली बलर निरिह बन्यो । वर्षाले प्रभावित खेल २३ ओभरमा झरेको थियो । भारतलाई डकवर्थ लुइस पद्धति अनुसार १ सय ४५ रनको लक्ष्य दिइएको थियो । ओपनरद्वय कप्तान रोहित शर्माले ७४ रन बनाउँदा शुभमन गिलले ६७ रन जोडे ।  १७ बल बाँकी छँदै भारतले लक्ष्य पूरा गर्यो ।
भलै नेपालले १० विकेटको हार ब्यहोरेको होस् नेपाली क्रिकेटले यो खेललाई सँधै याद गरिरहनेछ । खेलाडीहरुले सक्दो दिए । यादगार क्षणहरु बने, जसलाई नेपाली क्रिकेट समर्थकले पछिका दिनसम्म पनि सम्झिरहनेछन् ।

भारतविरुद्धको खेल, बिर्सन नसकिने क्षणहरु
१. तीन ड्रप क्याच
पहिले ब्याटिङ गरेको नेपालले सुरुआती दुई ओभरमा दुईपटक जिवनदान पाएको थियो । पहिलो ओभरको अन्तिम बलमा श्रेयस ऐयरले कुशल भूर्तेलको क्याच ड्रप गरेका थिए । त्यस्तै दोस्रो ओभरको पहिलो बलमा पूर्व कप्तान विराट कोहलीले आसिफ शेखलाई जिवनदान दिएका थिए । पछि आसिफले ९७ बलमा आठ चौका प्रहार गर्दै ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पाँचौ ओभरको दोस्रो बलमा इसान किसानले भूर्तेलको क्याच मिस गरेका थिए ।

२. दुई सफल रिभ्यु
तीन क्याच ड्रपपछि भूर्तेलले अर्को जिवनदान पायो । नवौं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले भूर्तेललाई एलबिडब्लुमा पेभिलियनको बाटो देखाएका थिए । अम्पायरले पनि हार्दिकको पक्षमा गएका थिए । पछि भूर्तेलले रिभ्यु लिए जसमा निर्णय भूर्तेलको पक्षमा गयो । त्यतिबेला नेपाल ४२-० को अवस्थामा थियो । त्यस्तै १९ औं ओभरको अन्तिम बलमा आशिफको रिभ्यु पनि सफल  भएको थियो । कुल्दिप यादवको एलबिडब्लु अपिलमा अम्पायरले आसिफलाई आउट करार गरेको थियो । त्यतिबेला नेपाल ८९-२ को स्थितिमा थियो ।

३. रोहितको क्याच रोहितले नै लिए
नेपाली कप्तान रोहित पौडेल भारतीय कप्तान रोहित शर्माको क्याचमा पेभिलियन फर्के । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा नेपाली रोहित भारतीय रोहितबाट क्याच आउट भएका हुन् । पछिल्लो खेलमा खाता खोल्न नपाई पहिलो बलमै आउट भएका रोहितले यसपाली जम्मा पाँच रन जोडे । रोहित आउट हुँदा नेपाल ९३÷३ को अवस्थामा थियो ।

४. आसिफको अर्धशतक
ओपनर आसिफले अर्धशतक प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय आफ्नो १० औं अर्धशतक प्रहार गर्ने क्रममा आसिफले ८८ बलमा सात चौका प्रहार गरे । यससँगै आसिफ एसिया कपमाअर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आसिफले पहिलो विकेटका लागि भुर्तेलसँग ६५ रनको साझेदारी गरेका थिए । पछि ५८ रनमा रहँदा मोहम्मद सिराजले आसिफको विकेट लिए ।

५. नेपाली क्रिकेटरलाई अर्नाको ८ लाख ५० हजार पुरस्कार

बियर कम्पनी अर्नाले भारतमाथि जित हासिल गरे नेपाली टिमलाई ५० लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । यसैगरी छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का एक लाख, चौका प्रहार गर्नेलाई प्रति चौका २५ हजार र विकेट लिनेलाई प्रति विकेट एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । 

आसिफले ९७ बल सामना गर्दै ८ चौका प्रहार गरेका थिए । जसअनुसार उनले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । २ छक्का र ३ चौका प्रहार गरेका आसिफका ओपनिङ पार्टनर कुशल भूर्तेलले सबैभन्दा धेरै २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । भूर्तेलले २५ बलमा ३८ रनको योगदान गरेका थिए । 

आक्रामक खेल्दै ५६ बलमा ४८ रन बनाएका सोमपाल कामीले पहिलो इनिङको प्रदर्शनका आधारमा २ लाख २५ हजार रुपैयाँ पाउने भएका छन् । उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए । यसैगरी समान ३ चौका प्रहार गरेका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ऐरीले २५ बलमा तीन चौकासहित २९ रन बनाउँदा गुल्सनले ३५ बलमा २३ रनको योगदान गरेका थिए ।

 

 

 

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate