चैत्र १३, २०८२ शुक्रबार | ०२:२३:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाः नेपाल च्याम्पियन

फाइल तस्बिर

काठमाडौं । हङकङलाई डकवर्थ लुइस पद्धति (डिएलएस) को आधारमा १३ रनले हराउँदै नेपाल चार देशसम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको च्याम्यिपयन बनेको छ ।  

मलेसियाको बायोमास रंगशालमा शनिबार १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा एक विकेट गुमाउँदै ३७ रन बनाएको अवस्थामा खराब मौसमको कारण खेल रोकिएको थियो ।

पुन खेल हुन नसकेपछि नेपाल डिएलएसको आधारमा विजयी भएको थियो । नेपालकी इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनमा अविजित रहे ।

मलेसियाका लागि इक्रा सहरले एक विकेट लिइन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय १ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि का इङ चानले २९ र मारिना ल्याम्पलोले १९, शान्जिन शहजादले अविजित १४ र इक्रा सहरले अविजित १० रज बनाए ।

नेपालका लागि खुसी डंगोलले तीन तथा कविता जोशी र अस्मिना कर्माचार्यले समान एक विकेट लिए ।

शृंखलाको लिग चरणमा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेका हुन् ।

पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको नेपालले मलेसियासँग ६ विकेटको पराजय ब्यहोरेको थियो ।

नेपालसँग पराजित हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले पराजित गरेको थियो ।

यसैगरी कुवेतलाई ३५ रनले पराजित गर्दै  आयोजक मलेसियाले तेस्रो स्थान हासिल गरेको छ ।

आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलेका थिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो