माघ १८, २०८२ आइतबार | १७:५१:३७
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

क्रिकेटबाट संन्यास लिने ज्ञानेन्द्रको घोषणा

काठमाडाैं  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट संन्यास लिने घोषणा  लिएका छन् ।

ज्ञानेन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत सबै खालले क्रिकेटबाट संन्यास लिएको जानकारी गराएका हुन् ।

ज्ञानेन्द्रले आफूलाई  उपयुक्त लागेकाले नै संन्यास लिएको बताएका छन् । ‘टोलीमा युवा खेलाडीहरु आइरहेका छन् । उनीहरुले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । त्यसैले यो नै उपयुक्त समय हो भनेर संन्यासको घोषणा गरेको हुँ,’ज्ञानेन्द्रले भने । ज्ञानेन्द्र घरेलु प्रतियोगिता पनि नखेल्ने बताएका छन् ।

  सन् २००६ मा  चारदिवसीय प्रतियोगिता आइसिसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्धको खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका ज्ञानेन्द्रका लागि सन् २०२३ जुलाई ४  मा आइसिसी एकिदवसीय विश्वकप  छनोट (ग्लोबल क्वालिफायर्स) अन्तर्गत आयरल्यान्डविरुद्धको  खेल करिअरको अन्तिम खेल बन्यो । 

नेपाली क्रिकेट इतिहासका एक सफल ब्याटर ज्ञानेन्द्रले  ३७ एकदिवसीय अन्तर्राष्ट्रियमा सात अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् ।

उनले  सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा  ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।

 ज्ञानेन्द्रले ४५ ट्वान्टी-२० आन्तर्राष्ट्रियमा एक शतक र दुई अर्धशतकसहित कुल ८ सय ८३ रन बनाए । ज्ञानेन्द्र नेपालबाट ट्वान्टी- २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले सन् २०१९ मा मलेसियाविरुद्ध २० बलमै अर्धशतक प्रहार गरेका थिए । 

सन् २००९ मा हङकङविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय करिअरको सुरुआत गरेका ज्ञानेन्द्रले सन् २०२२ मा केन्याविरुद्ध अन्तिम ट्वान्टी-२०अन्तर्राष्ट्रिय  खेल खेले ।

 ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । पूर्वकप्तान पारस खड्काले सन्न्यासको लिएको दुई वर्षपछि ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् ।

पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।

 ज्ञानेन्द्रले १२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दा नेपालले नौ जित र तीन हारको नतिजा निकालेको थियो । यसैगरी ज्ञानेन्द्रको कप्तानीमा नेपालले १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा ६ जित र चार हारको नतिजा निकाल्यो ।  

नेपालले डिभिजन फाइभदेखी थ्रीको उपाधि जित्दा, सन् २०१४ को ट्वान्टी-२० विश्वकप खेल्दा र सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए ।

ज्ञानेन्द्रले नेपालबाट सन् २००६ र २००८ को यू-१९ विश्वकप पनि खेलेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।