चैत्र ८, २०८२ आइतबार | ०४:४६:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

क्रिकेटबाट संन्यास लिने ज्ञानेन्द्रको घोषणा

काठमाडाैं  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट संन्यास लिने घोषणा  लिएका छन् ।

ज्ञानेन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत सबै खालले क्रिकेटबाट संन्यास लिएको जानकारी गराएका हुन् ।

ज्ञानेन्द्रले आफूलाई  उपयुक्त लागेकाले नै संन्यास लिएको बताएका छन् । ‘टोलीमा युवा खेलाडीहरु आइरहेका छन् । उनीहरुले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । त्यसैले यो नै उपयुक्त समय हो भनेर संन्यासको घोषणा गरेको हुँ,’ज्ञानेन्द्रले भने । ज्ञानेन्द्र घरेलु प्रतियोगिता पनि नखेल्ने बताएका छन् ।

  सन् २००६ मा  चारदिवसीय प्रतियोगिता आइसिसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्धको खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका ज्ञानेन्द्रका लागि सन् २०२३ जुलाई ४  मा आइसिसी एकिदवसीय विश्वकप  छनोट (ग्लोबल क्वालिफायर्स) अन्तर्गत आयरल्यान्डविरुद्धको  खेल करिअरको अन्तिम खेल बन्यो । 

नेपाली क्रिकेट इतिहासका एक सफल ब्याटर ज्ञानेन्द्रले  ३७ एकदिवसीय अन्तर्राष्ट्रियमा सात अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् ।

उनले  सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा  ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।

 ज्ञानेन्द्रले ४५ ट्वान्टी-२० आन्तर्राष्ट्रियमा एक शतक र दुई अर्धशतकसहित कुल ८ सय ८३ रन बनाए । ज्ञानेन्द्र नेपालबाट ट्वान्टी- २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले सन् २०१९ मा मलेसियाविरुद्ध २० बलमै अर्धशतक प्रहार गरेका थिए । 

सन् २००९ मा हङकङविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय करिअरको सुरुआत गरेका ज्ञानेन्द्रले सन् २०२२ मा केन्याविरुद्ध अन्तिम ट्वान्टी-२०अन्तर्राष्ट्रिय  खेल खेले ।

 ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । पूर्वकप्तान पारस खड्काले सन्न्यासको लिएको दुई वर्षपछि ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् ।

पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।

 ज्ञानेन्द्रले १२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दा नेपालले नौ जित र तीन हारको नतिजा निकालेको थियो । यसैगरी ज्ञानेन्द्रको कप्तानीमा नेपालले १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा ६ जित र चार हारको नतिजा निकाल्यो ।  

नेपालले डिभिजन फाइभदेखी थ्रीको उपाधि जित्दा, सन् २०१४ को ट्वान्टी-२० विश्वकप खेल्दा र सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए ।

ज्ञानेन्द्रले नेपालबाट सन् २००६ र २००८ को यू-१९ विश्वकप पनि खेलेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो